Logo

Student Corner

खुसी पक्कै आउने छ !

Written by: Parimal Prakash Nepal - 24084, Grade XII

Posted on: 19 February, 2024

खुसीका पलहरू गुमे जस्तै लाग्छ अचेल कतै

म यहीँ भिडमा हराएझैँ लाग्छ अचेल कतै

सफल हुँदिनजस्तो लाग्छ तर

फेरि आशा संसार जित्ने छ कतै ।।

ठूलो भएसँगै के भयो खै 

खुसी खोज्दा खोज्दै हराइसकेको जस्तो लाग्छ

कसैलाई खुसी पनि दिन सकिन जस्तो लाग्छ

तर ठुलो हुँदै गर्दा बुझेँ 

यहाँ कसैलाई केही गरेर पनि खुसी पार्न सकिँदैन रैछ

बगेको नदी र अस्ताको घामझैँ

दुःख जाला अन्तै तिर चलेको बतासझैँ

खुसी आउँछ होला फर्केर धैर्यको मिठो फलझैँ

आउँदैन होला फर्केर गएको बतासझैँ ।।

खुसी खोज्दै जीवन बित्छ जस्तो छ

तर अब म हरेक कुरामा खुसी खोज्ने छु 

भोलि जिन्दगीको यति मीठो पल पनि गुमाएछु भन्ने नलागोस्  

चाहे परिस्थिति जस्तोसुकै होस्, 

मनस्थिति बलियो बनाएर अगाडि बढ्ने छु 

के थाहा खुसीले नि मलाई कतै खोजिरहेको छ कि ? ।।