Logo

Student Corner

आगोको सुरुवात

Written by: Rushina Tamang - 26008, Grade X

Posted on: 19 February, 2024

म माथि मेरो हक हुन्छ,

मैले जन्म लिएर पाएको 

मेराे अधिकार र मेराे कर्तव्य

मेराे जन्म मेरा लागि,


 

उडानबाट बन्दी गर्न नमिल्ने चरी झैँ,

म माथि मेरो हक हुन्छ । 


 

छाला चिर्ने तेरो किरणबाट मुक्त हुन

आफूमाथि छाया पाउन ममाथि मेरो हक हुन्छ। 


 

मेरा पुस्ताहरूले रगत बगाएर

बनाएकाे भएको यो गर्वशाली भूमिमा,

टेक्न पाउने ममाथि मेरो हक हुन्छ । 


 

मेरी आमाको शरीरबाट प्रकट भएको मेरो यो शरीरमा

रातो सारी र रातो टीका लगाउन पाउने ममाथि मेरो हक हुन्छ । 


 

मेरो आमाबुबाले पसिना बगाएर 

मलाई हुर्काउनु भएको यो शरीरमा,

दौरा सुरुवाल ढाका टोपी लगाउन पाउने

ममाथि मेरै हक हुन्छ । 


 

मैले बगाएको पसिनाले बनाएको यो भूमिमा,

मैले स्वतन्त्रताका साथ जिउन पाउने म माथि मेरो हक हुन्छ । 


 

त श्रापीले सिंहासन पाएर पनि,

तेरो त्यो सिंहासनमा हक पाएको छैनस् । 


 

जुन राज्य तलाई तेरो जस्तो लाग्छ,

त्यो राज्यमा तैँले आफ्नो छाया पनि ढाल्न सकेको छैनस। 


 

जुन सुतेको राज्यको तैँले फाइदा उठाइराछस्,

त्यो राज्य उठे पछि तैँले कहिले सुत्न पाउने छैनस् । 


 

अहिले त तैँले मेरो शरीर जलाई हाल्लास्

तर जुन आगो तेरो मृत्युको लागि बाेल्ने छ 

त्यो आगोलाई तैँले कति पनि आँशुले बुझाउन सक्ने छैनस् । 


 

श्रापीहरूका लागि जुन आगो बल्ने छ,

त्यो आगोलाई तैँले आफ्नो आँसुले 

बुझाउन सक्ने छैनस्, राेक्न सक्ने छैनस्

शान्त पार्न सक्ने छैनस् अनि त्यसले आफ्नाे काम गर्ने छ ।