Logo

Student Corner

नेपालका चाडपर्वहरू

Written by: Sarvesh Raj Adhikari - 30056, Grade VI

Posted on: 19 February, 2024

नेपाल एउटा बहुसांस्कृतिक देश हो । यहाँ धेरै जातजातिका मानिसहरू बसाेबास गर्छन् । नेपालमा फरक फरक जातजातिहरूले फरक फरक चाडपर्वहरू मनाँउछन् । नेपालमा धेरै चाडपर्वहरू छन् । नेपालमा दसैँ, तिहार, ल्होसार, तिज, होली, उँधाैली, उँभौली ,नाग पूजा, गाईजात्रा, इद, क्रिसमस, जनै पूर्णिमालगायत धेरै चाडपर्व मनाइन्छ । दसैँ र तिहारलाई नेपालका प्रमुख चाडहरू मानिन्छ । दसैँ १५ दिनसम्म मनाइन्छ । तिहार ५ दिनसम्म मनाइन्छ । ल्होसार चाहिँ  शेर्पा, तामाङ  र गुरुङ समुदायले मनाउँछन् । ल्होसार भनेको नयाँ वर्ष हो । दसैँ, तिहार, ल्होसार,  इद, क्रिसमस लगायतका जुनसुकै पर्वमा पनि सम्पूर्ण नेपालीहरूले शुभकामना आदानप्रदान गर्छन् । नेपालमा चाडपर्वलाई धेरै महत्त्वपूर्ण रूपमा मानिन्छ । अनेकतामा एकता रहेकाे हाम्राे देश नेपालमा सबै चाडपर्वहरू धुमधामले मनाइन्छ । सरकारले पनि चाडपर्वको अवसरमा छुट्टी दिन्छ । चाडपर्वमा धेरै रमाइलो हुन्छ । चाडपर्वमा भनेको रमाइलो  गर्नको लागि मात्र होइन, चाडपर्वले गर्दा आफ्नो संस्कृति बुझ्न सकिन्छ ।  परिवारसँगै  नजिक हुन सकिन्छ र समाजको बारेमा जान्न सकिन्छ त्यसैले चाडपर्व धेरै महत्वपूर्ण छ । हामीले हाम्रा चाडपर्वकाे संरक्षण गर्नुपर्छ ।