Logo

Student Corner

अविस्मरणीय २०८० काे दसैँ !

Written by: Sweta Ghimire - 25001, Grade XI

Posted on: 16 February, 2024

देवी दूर्गालाई समर्पित चाड, दशैँ मेरो मन पर्ने चाड मध्ये एक हो ।  हुन नि किन नहोस् ?  हरेक पटक असोज महिनामा दसैँअघि एउटा त्रैमासिक परीक्षा हुने गरेको थियो । त्यसपछि परीक्षा सकिएपछि दसैँ बिदा सुरु हुन्थ्यो । बाल्यकालदेखि अहिलेसम्म दसैँ आउनु भनेकै नयाँ लुगा लगाउन पाउनु, नयाँ जुत्ता लाउन पाउनु र मिष्ठान्न भोजन जस्तै सेलरोटी, फिनी, पक्कु आदि खान पाउनु थियो ।  मेरो लागि दसैँको मुख्य आकर्षण  चङ्गा उडाउने र  गाउँको पिङ नै थियो । अर्कोतर्फ हेऱ्यो भने मलाई दसैँको मौसम असाध्यै मन पर्छ । शरद ऋतुमा रमाएको प्रकृति हेर्दा मनले आनन्द प्राप्त गर्छ । दशैँमा पन्ध्र दिनहरू हुन्छन्: घटस्थापना, फूलपाती, महाअष्टमी, नवमी र विजयादशमी । जसमा दशैँको पहिलो नौ दिनलाई नवरात्री भनिन्छ ।  हरेक दश दिनमा फरक फरक कामहरू गरिन्छ । यसपालीको दसैँ कार्तिक महिनामा थियो । घटस्थापना दसैँको पहिलो दिन हो । आज बिहान हामी परिवारका सबैजनाले  नुहायौँ र चोखो लुगा लगायौँ । आमा छिमेकी कल्पना काकीको घरमा गाईको गोबर लिन जानुभयो ।  पूजाको लागि आवश्यक सामान ल्याउन बाबा बजार जानुभयो । त्यसपछि हामी सबैले पूजाकोठालाई सफा गरिसकेपछि बुबाले जमाराको स्थापनाको लागि गोबर, कलश र अन्य सामग्रीहरू ल्याएर पूजा गर्न थाल्नुभयो । गुरुवाबाट मैले पहिलोपल्ट थाहा भयो कलश स्थापना गर्ने कोठालाई दसैँ घर भनिन्छ । हामी सबैजना र मेरो ९६ वर्षको हजुरबुवासँग मन्दिर  गयौँ  । पूजापाठले नै घटस्थापनाको दिन सिद्धियो ।   

  

घटस्थापानापछि सातौं दिनमा फूलपाती आउँछ । मेरो फुलपाती अघिका दिनहरू घरमै त्यत्तिकै बित्यो ।  आमा र मैले जमरा, बेलपत्र र उखुजस्ता विभिन्न सामग्री ल्यायौँ । यस दिन देवी दुर्गा र कालीलाई स्वागत गर्न उखुको डण्डीलाई कलशसँगै रातो कपडाले बाँधेपछि पूजा गर्यौ ।  त्यो दिन महिले गृहकार्य गर्नुपर्ने थियो त्यसैले म दिनभरी गृहकार्य गरे  र दिन त्यसै बित्यो । भोलिपल्ट महाअष्टमी थियो । यस दिन मेरी आमा व्रत बस्नुभएको थियो। त्यसैले म र मेरो बाबा चामुण्डा मन्दिरमा चामुण्डा माताको पूजा गर्न गयौँ । यस दिन देवीको मन्दिरमा धेरै  भैँसी बोकाको  बलि चढाइन्छ । आजको रातलाई कालरात्री भनिन्छ भन्ने पनि कुरा मलाई थाहा भयो ।  यही दिन मैले पहिलोपल्ट ढिढो पनि चाखेँ । नवमी दसैँको नवौँ दिन हो । यसै दिन सृजनात्मकताका देवता विश्वकर्माको पनि पूजा गरिन्छ । त्यसैले यो दिन आमा, बाबा, भाइ र म नरिवल, रातो र पहेँलो कपडाले थाली तयार पारेर गाडीतिर लाग्यौँ। स्कुटर र कारको पूजा गर्यौं । त्यसपछि मेरो बुबाले मेरो निधारमा टीका लगाउनुभयो र मलाई पैसा दिनुभयो । मेरो बुवाले मलाई सवारी साधनको पूजा गर्नुको कारण पनि बताउनुभयो । वर्षभरि हुने दुर्घटनाबाट सवारी साधन र यात्रुको सुरक्षाका लागि दुर्गा देवीबाट आशीर्वाद प्राप्त गर्नको लागि यो हो  भन्ने कुरा थाहा पाएँ  दिनको बीचमा मैले थाहा पाएँ कि यो दशैको नवौँ दिन हो ।

 

त्यसैगरी हेर्दाहेर्दै दशमी पनि आयो । दशैँका दिनहरूमा मलाई दशमी असाध्यै मन पर्छ। यस दिन म चाँडै उठेर नुहाए। त्यसपछि केही मिनेटपछि मैले चिया र बिस्कुट खाएँ। म मेरो कपाल सुकाएर रमा मामुलाई मद्दत गर्न माथि घर गएँ । किनकि मेरो हजुरबुवाको पनि बाबा बसेको ठाउँमा टिका लगाउने चलन छ । त्यहाँ पुग्दा मलाई थाहा भयो कि टीकासहित ११:०२ बजेको छ। त्यसैले मेरी आमाले अन्य आन्टीसँग विभिन्न परिकार पकाउनुभयो । सबै कुरा तयार भएपछि म र मेरी आमा घर फर्कियौँ । फर्किएपछि म तयार हुन थालेँ । मैले कुर्ता लगाएर कपाल बनाएर आमालाई तयार हुन मद्दत गरें। मेरो भाइ पहिल्यै लुगा लगाएको थियो। १०:३० मा हामी माथी घर गयौं। बिस्तारै काकु र काकी पनि माथीघरमा आउनुभयो । हामी तीनै घर परिवारका सदस्यहरू लगभग २१ जाना थियौं । त्यसपछि ११ बजेदेखि १२ः३० बजेसम्म टीका लगायौँ। त्यसपछि सबै परिवार मिलेर दाल, भाट, कुखुरा, आलुको आचार, दुई आदि खाएपछि आमा, बाबा, भाइ र म मामघर गयौँ र त्यहाँ पनि टीका र जमरा लगाएर आशिर्वाद लियौँ । त्यसपछि हामी ४ बजे घर फर्कियौँ । त्यसपछि दिन सकियो । मेरो दशैँ बिदाको दिन पनि सकियो । त्यसैले तीन दिन मैले आफ्नो काम (गृहकार्य) पूरा गरेँ । हेर्दाहेर्दै नेपालीहरूको महान चाड दशैँ पनि सिद्धियो । 

२०८० दशैँ रमाइलो भयो !