Logo

Student Corner

बाग्मती नदी

Written by: Agraj Rijal - 29004, Grade VII

Posted on: 16 February, 2024

बागद्वारबाट हिरा झैँ टल्की बग्दछिन् बाग्मती

ढुङ्गा र माटा बगाई सब खेल्दछिन् बाग्मती

सुन र चाँदी हिरा र  मोती पानी मै बगाउँछिन्

माटो र बालुवा ल्याई थुपारी किनार भर्दछिन् ।


 

जीव र जङ्गल चरा र माछा जीवन दिँदछिन्

गरिब र धनी ठुला वा साना पानी दान गर्दछिन्

बाग्मती बिना सम्भव छैन काठमाडाैँ सहर

जीवन सम्भव रहदैँन यहाँ गरे जति रहर ।


 

रुख र मानव सबैलाइ हेर्छिन काखमा राखेर

जीवन दिन्छिन् पानी जीवलाइ हातमै बोकेर 

रङ्गीबिरङ्गी फूलले भर्छिन् काठमाडाैँ सहर

पानी दान गर्छिन् सबैलाई गाउँ र सहर ।


 

सानो र ठुलो मानव र जन्तु समान व्यवहार

रुख र वन घर र गाउँ असल व्यवहार

बाग्मती तिमी साह्रै नै असल सकिन्न बयान

नेपाल भरि झर्दछ्न् सबै असल बयान ।