Logo

Student Corner

दसैँ

Written by: Anshika Karmacharya - 33032, Grade III

Posted on: 16 February, 2024

 दसैँ पर्व नेपालीहरूको सबैभन्दा ठुलो चाड हो । धेरै रमाइलोका साथ दसैँ मनाइन्छ । दसैँ पर्वले मानिसमा खुसी ल्याउँछ । दसैँ नेपाली महिनाको असोज महिनामा पर्दछ। यो पर्व नौ दिनसम्म मनाइन्छ । यस पर्वमा मानिसहरू मिठा मिठा खानेकुराहरू खान्छन् । दसैँको पहिलो दिन घटस्थापनामा जमरा राखेर पूजा गरिन्छ । घटस्थापनाको दिन सुरु भई यो पर्व विजया दशमीको दिन हुँदै काेजाग्रत पूर्णिमाकाे दिन समाप्त हुन्छ । यो पर्वको नौ दिनसम्मलाई नवरात्री भनिन्छ । सातौँ  दिनलाई अष्टमी भनिन्छ अनि नौ दिनलाई नवमी भनिन्छ । यस दिन कुमारी पूजा पनि गरिन्छ र बोका, हाँस र कुखुराको बलि चढाइन्छ । यस दिन तलेजु मन्दिर घुम्न पनि पाइन्छ । टीकाको दिन अर्थात् दसैँको मुख्य दिन दसाैँ दिनलाई विजया दशमी भनि। यस दिन मानिसहरूले निधारमा रातो टीका र टाउकाेमा पहेँलो जमरा र ठुला बडाको आशीर्वाद लिने गर्दछन् । आफन्तको घरमा भेट्न र मिठो खाना खान जान्छन् । टीका र जमरा लगाउँछन् । परिवारका सदस्यहरू सबै भेला भएर रमाइलो गर्ने पर्व हो । यो पर्व मनाउन मानिसहरू टाढा टाढाबाट आफ्नो घर सम्झेर आउँछन् । दसैँ धेरै रमाइलो चाड हो ।