Logo

Student Corner

साहस

Written by: Aavash Malla - 26001, Grade X

Posted on: 15 February, 2024

उठ, उठ रुखमा साहस र आश लिएर

अनजान, अदृश्यमा शक्ति लिएर


 

डरले भरिएको रातको अँधेरो,

साहसले जलाएको दिनकाे उज्यालाे


 

गर, गर प्रयास सफल हुनका निम्ति 

नमानेर डर कसैकाे रतिभर कत्ति


 

सङ्घर्षकाे मैदानमा पाैडिनका निम्ति

गराैँ, साहस हेरौँ हिम्मत रैछ कसकाे कत्ति


 

 बनाउँछ सक्छ संसार नमान्नेले हार 

गर्नु हुन्न लुछाचुँडी लगाउनलाइ पार


 

भन, भन अगि बढ्छु हिम्मत हार्ने छैन

चुनौती नै जिन्दगी हाे पछि पार्ने छैन ।