Logo

Student Corner

लाखे नाच

Written by: Pratik Dangol - 27009, Grade IX

Posted on: 14 February, 2024

४५ वर्षपछि लाखे नाचको पुनः सुरूवात पशुपति देवपाटन (ग्वल) वडा न. ८ मा करिब ४५ देखि लोप भएको संस्कृति फेरि दथु टोल बाजा खलः को नेतृत्वमा फेरि सुरु गरियो । यस वर्ष २०८० मा शुक्ल पक्ष नागपञ्मीदेखि कृष्ण पक्ष सप्तमीसम्म लाखेलाई पशुपती देव पाटनमा नचाइयाे ।

 

हामीले अरू ठाउँमा लाखे नचाएको देखेका छाैँ तर यस पवित्र पशुपति क्षेत्रमा हामीले लाखेले लखेटेको मात्र देख्छौँ । हामीले सानैदेखि गाई जात्रा र खड्ग जात्रा पशुपति देव पाटनमा लाखेलाई निकालेको तर लखटेको मात्र देख्छौँ । त्यसैले यस क्षेत्रमा नाच्ने लाखे किन छैन कुरा गर्दा पहिले लाखे नचाउने परम्परा पनि हुन्थ्यो भन्ने थाहा पायौँ । पहिले ४५ वर्ष अघि लाखे र झ्यालिन्चा बन्ने व्यक्तिहरूसँग मिली दथु टोल बाजा खल र स्थानीय बासिन्दाहरूको मद्दतले फेरि यो परम्परा सुरु गर्यौँ ।

 

२०८० साल भाद्र ६ गतेको दिन साँझ ५ बजेतिर दथु टोल बाजा खलद्वारा लाखे र झ्यालिन्चालाई निकालियो । पहिलो दिन सनिस कपाली लाखे बने भने समर कपाली ज्यालिन्चा बने । आजको दिनको लागि केही दिन अघिदेखि नै दथु टोल बाजा खल र स्थानीयद्वारा तयारी सुरु गरियो । सर्वप्रथम हामीले करिब साढे तीन बजेतिर सम्ये बाजी खायौँ । त्यसपछि लाखे र झ्यालिन्चा तयार भए । तयारभएपछि उनीहरूले मुखुटको पूजा गरे र मुखुट धारण गरे । त्यसपछि लाखे र झ्यालिन्चालाई चार ओटा धिमे बाजा र चार ओटा भुस्यासँग तल झारियो । त्यसपछि नाचसँग सुरु भयो । त्यहा नचाई सकेपछि लाखे लाई  नाच्दै नाच्दै पशुपति मन्दिरभित्र लगेर दर्शन गराइयो । पशुपति मात्र नभएर बाटोमा आएका सबै मठ मन्दिरहरूमा ढोग्दै अगि बढे। यसरी नै पहिलो जात्रा घुमाइयो र अन्त्य गरियो। 

 

यो लाखे नाच एक दिन मात्र नगरी अरू दिनहरू पनि २० गतेसम्म विभिन्न स्थानहरूमा सम्पन्न गरियाे । लाखेबारे कुरा गर्दा, नेवा सभ्यतामा लाखे निकाल्दा तन्त्र अनुसार तन्त्र पूजा विधि सम्पन्न गर्नुपर्ने परम्परा रहेको छ । लाखे तन्त्र पूजा भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदेओस् भनी, परिवारिक कलह भय दोष, अशान्ति, विभिन्न दशा , बिगारलाई नाश गरी शान्ति र खुसी मेलमिलाप कायम भै प्रगति हुन पुग्दछ। लाखे  तन्त्र पूजा नगरी वा पूजामा आवश्यक विधिविधान नपुग भएमा दशाको महा दशाआउने, पितृ दोष लाग्ने, मनोब्यथा, धन नाश, मुद्दा मामिला भाग्यमा राम्रो लेखिए पनि गलत हुने शारीरिक कष्ट भई व्यक्तिको मृत्युसमेत हुने धार्मिक मान्यता रहेको छ । लाखेलाई ठाँउअनुसार विभिन्न रूपमा मान्छन् । लाखे शक्तिशाली भएकाले  अग्नि पनि मान्ने परम्परा छ । 

 

लाखे नाचको आफ्नो महत्त्व र अस्तित्व भए पनि केही विगतको समयमा लाखे नाचलाई  मनोरञ्नको रूप वा माग्नेको रूपमा चिनिन्छ । हाम्रो सांस्कृतिक पूजा आजा गरेको लाखेले कहिले पैसा माग्दैन । लाखेले पैसा लिने भनेको अरूले चढाए मात्र हो । अहिले केही समूहहरूले यसलाई माग्न पनि प्रयोग गरेका छन् । जुन सरासर लाखेको अपमान हो, त्यसैले हामीले यस्तो माग्ने चलन हटाउनुपर्छ।