Logo

Student Corner

तिहार

Written by: Aarambha Pant - 33003, Grade III

Posted on: 14 February, 2024

 तिहार हामी नेपालीहरूको दसैँपछिको दोस्रो ठुलो चाड हो । तिहारमा विशेष गरी लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई धनकी देवी मानिन्छ । तिहारलाई  यमपञ्चक पनि भनिन्छ । यमपञ्चकमा काग, कुकुर, गाई, गाेरु र लक्ष्मीलाई महत्त्व र सम्मान गर्दै पूजा गरिन्छ । तिहारलाई दीपावली पनि भनिन्छ । तिहारमा हामीले हाम्रो घरलाई झिलिमिली पारेर सजाउँछौँ । त्यसैले तिहारमा गाउँ र सहरमा रङ्गीचङ्गी बत्तीहरूले झलमल्ल हुन्छ ।