Logo

Student Corner

प्रथम अनलाइन चाैमासिक परीक्षा

Written by: Shuvee Lamichhane - 2028037, Grade IV

Posted on: 16 September, 2020

कोरोना महामारीका कारणले सम्पूर्ण विश्वका विद्यार्थीहरू विद्यालय जान नपाएको अवस्थामा हामी डियरवाक सिफल स्कुलका विद्यार्थीहरू पनि विद्यालय जान पाएनौँ । यस्तो अवस्थामा हामी विद्यार्थीहरू  पढाइबाट बन्चित हुन नपरोस् भनी हाम्रो विद्यालयले अनलाइन कक्षाको  बन्दोबस्त गरेको छ । हाम्रा लागि अनलाइन शिक्षा नयाँ प्रकारको शिक्षा पद्धति हो । नयाँ प्रकारको शैक्षिक पद्धति भए पनि हाम्रो विद्यालयले विद्यालयमा गरेजस्तै गरी सम्पूर्ण क्रियाकलापहरू गरी प्रथम चौमासिक परीक्षा अगाडिका  कार्यक्रमहरू सम्पन्न गरेको छ ।  पढाइ मात्र नभएर हाम्रो प्रथम  चौमासिक परीक्षा पनि यसैप्रकारले श्रावण २६ देखि  भाद्र २ सम्म  सञ्चालन भयो ।   सामान्य   अवस्थामा  हामी    उत्तरपुस्तिकामा परीक्षा दिने गर्दथ्याैँ तर यसपालि  हामीले अनलाइन गुगल फारमबाट परीक्षा दियौँ । यसपालि हामीले नयाँ प्रकारले परीक्षा दियौँ ।  हामीलाई प्राविधिक समस्या परेमा  हामीले सिसाकलम र कापी नजिकै राख्नु पर्दथ्यो।  हामी हाम्रो परीक्षा अवधिमा एकान्तमा बस्नु पर्दथ्यो।  परीक्षामा हाम्रा सामान्य कक्षाहरू भएनन् । नयाँ तरिकाले हामीले अनुशासनमा बसेर परीक्षा दियौँ ।  भाद्र १६ गते हाम्रो प्रथम चौमासिक परीक्षाको नतिजा आयो ।  नतिजा हेर्दा मलाई सन्तोषजनक लागेको थियो ।  सामान्य अवस्थामा विद्यालय गएर सिकेअनुसार नै मैले सिक्न र परीक्षा दिन पाएकाले यो नयाँ प्रकारको परीक्षा विधि  मलाई उचित लाग्यो ।  अहिलेको विषम परिस्थितिमा विद्यालय र गुरुवर्गले हामीलाई मेहनतकासाथ  पढाइरहनुभएको र मासिक र चौमासिक रुपमा पनि परीक्षा लिनुभएको छ । नियमित रूपमा हाम्रो  कक्षाकार्य, गृहकार्य, कक्षा सहभागितालगायत सम्पूर्ण कुराको पनि मूल्याङ्कन हुन्छ ।  गृहकार्य भने हामीले गुगल कक्षामा पठाउने गरेका छौँ । हामीलाई पढाइ सकेर अथवा कठिन स्थितिमा हामीले घरमै बसेर सिक्न पाएजस्तै परीक्षा पनि घरमै बसेर सहज रुपमा दिन पायौँ  ।  यस्तो अवस्थामा हाम्रो विद्यालयले गरेको काम धेरै नै राम्रो लागेको छ । अवस्था सामान्य नभएसम्म हाम्रो शिक्षा यसरी नै जारी रहनेछ र अन्य परीक्षाहरू पनि यसरी नै सम्पन्न हुनेछन् । यस्तो कार्यप्रति म मेरो विद्यालयलाई धेरै धन्यवाद दिन चाहन्छु र मेरा गुरु र गुरुमाहरूलाई सम्मान गर्दछु ।