Logo

Student Corner

कसरी ?

Written by: Aashiya Shrestha - 27030, Grade IX

Posted on: 12 February, 2024

तिम्रा ती ठुला आखाँ र त्यो नरम रूप 

आखाँ जुधाउन खोज्छु तर सक्दिनँ 

कसरी हेर्नु म , कुन रूपले हेर्नु म ?

तर यो सत्य भने म लुकाउन सक्दिनँ ।


 

बरू म छोड्न सकुँला तर ढाट्न भने सक्दिनँ 

सत्य भनेको सहजता दिने मात्र हुँदैन 

तिम्रो हात माथि हात राख्छु 

तिम्रा आखाँमाथि आखाँ जुधाउँछु 

गुपचुप गर्छु  मभित्रै केवल एक्लै


 

कसरी भन्नु म तिमीलाई ?

मेरा ओठ काँपीरहेका छन् 

कसरी सम्झाउनु म तिमीलाई ?

तिम्रा न्यानो मायामा म हराइरहेछु ।


 

कसरी भनुँ म तिमीलाई ?

तिम्रा आखाँमा भने जादु छ 

मलाई कब्जा गरी राखेका छन् 

ती आखाँका भुलभुलैया मै हराउनुछ।