Logo

Student Corner

रातो रिबन

Written by: Shuvee Lamichhane - 29033, Grade VII

Posted on: 12 February, 2024

सपना देख्न के अठोट गर्नुपर्छ

के उसले आफ्नो जीवन दिनुपर्छ

सानैदेखि ठुला सपना देख्दथिई ऊ

उसको साचिकैको नाम के थियो ?

कहाँबाट आएकी थिई  ऊ ?

कसैलाई थाहा थिएन

तर हामी सबैले उसलाई माया भन्थियाैँ

नाम जस्तै थिई ऊ

साना हुन् वा ठुला सबैलाई दया र मायाले हेर्दथिई  ऊ

लुगा उसले जे लगाए पनि

अनुहार हेर्दा लाग्थ्यो कि भर्खरै इन्द्रेणीसँगै खेलेर आएकीझैँ देखिन्थिई 

उत्तिकै राम्री पनि,

ठुला सपना देख्न सानैदेखि सिकेकी थिई क्यारे

उडेर आकाश छुन्छु भन्थिई 

खै कसरी बिर्सिछे

वर्षाको पहिलो थोपोको लागि पर्खन्थिई ऊ

तर अन्त्यमा त त्यही वर्षाको पहिलो थोपाले नै उसलाई लग्यो

उसको रङ्गलाई आफ्नै झैँ लाग्यो

र गयो अर्को बिउ रोप्न,अर्की त्यस्ती माया खोज्न

समय बित्दै जादाँ सपना पनि बिलाएर जादाँ रहेछन्

र अन्त्यमा त त्यही आर्यघाट मै त पुगिन्छ

ती मायाको केही बाँकी नभए पनि

उसको रातो रिबन त्यहीँ थियो।