Logo

Student Corner

गाउँघर

Written by: Yunisha Pathak - 30043, Grade VI

Posted on: 09 February, 2024

जहाँ बग्छ कल्कल गर्दै खोला 

जहाँ छ प्रकृतिको उपहारले भरिएकाे झाेला

 जुन छ मलाई मेरो प्राणभन्दा पनि प्याराे

त्यहीँ  नै हो मेरो प्याराे जन्मभूमि गाउँघर


 

जहाँ जोडिएका छन्  मेरा बालापनका यादहरू

 जहाँ छ हरियाली नै हरियाली त्यहीँ हाे मेरो गाउँघर


 

जुन ठाउँ छैन स्वर्गभन्दा कम 

सबैले भन्छन् मन नै हाे सबैभन्दा ठुलाे धन

जुन ठाउँमा पाइन्छ माया नै मायाको खानी

 जुन ठाउँमा पाइन्छ शान्ति नै शान्ति

 त्यही नै हो मेरो गाउँघर