Logo

Student Corner

मेरो विद्यालय

Written by: Gaurahi Ghimire - 34039, Grade II

Posted on: 09 February, 2024

मेरो विद्यालयको नाम सिफल स्कुल हो । मेरो विद्यालय काठमाडाैँकाे  सिफलमा छ । मेरो विद्यालयमा गुरु र गुरुआमाले पढाउनुहुन्छ । उहाँहरूले हामीलाई माया गरेर पढाउनुहुन्छ । हाम्रो विद्यालयमा पुस्तकालय छ । हाम्रो विद्यालयमा खेल्ने चउर छ । हाम्रो  विद्यालयमा पढाइसँगै खेलकुद, नाचगान, योग, कला जस्ता कक्षाहरू पनि हुन्छन् । हाम्रो विद्यालयमा समय समयमा विभिन्न कार्यक्रमहरू पनि हुने गर्दछन् । हामी विद्यालयमा साथीहरूसँग  एकआपसमा मिलेर लेख्ने र पढ्ने गर्छाैँ । मलाई मेरो विद्यालय मन पर्छ ।