Logo

Student Corner

चेस

Written by: Adhyaya Bhandari - 27031, Grade IX

Posted on: 08 February, 2024

चेस दुई व्यक्ति बीच खेलिने खेल हो । यो संसारमा सबैभन्दा लोकप्रिय र विश्वको उत्कृष्ट खेलमध्ये एक हो । यसलाई दिमागको खेल पनि भनिन्छ । चेस खेल्दा हामीले हाम्रो दिमागलाई धेरै प्रयोग गर्नुपर्छ । चेसको खेलमा दुईवटा रङ्ग हुन्छन् । एउटा सेतो र अर्को कालो । चेस, चेस बोर्डमा खेलिन्छ । बोर्डमा कुल ३२ वटा गाेटीहरू हुन्छन् । सेतो टुक्रामा १६ टुक्राहरू छन् र कालो टुक्रामा अर्को १६ टुक्राहरू हुन्छन् । चेसमा सोह्र गाेटी (प्यूसाहरू)  हुछन् भने  ८ प्यूसाहरू साेताेमा र बाँकी भएका ८ कालाेमा हुन्छन् । चेसमा ४ वटा घाेडाहरू हुन्छन्, २ वटा सेताेमा र बाँकी भएकाे २ वटा कालाेमा । यस्तै ४ हात्तीहरू हुन्छन्, २ वटा सेताेमा र बाँकी भएकाे २ वटा कालाेमा । ४ ऊटहरू पनि हुन्छन्, २ वटा कालाेमा र बाँकी भएकाे २ वटा सेताेमा । यस्तै २ वटा मन्त्री हुन्छन् । एउटा कालाेमा र अर्काे सेताेमा हुन्छ । अन्तिममा भन्दा खेरि चेसमा सबै भन्दा चाहिने गोट्टी राजा हो । राजाविना चेस खेल्न सकिदैन । चेस बोर्ड कालो र सेतो वर्गहरू मिलेर बनेको हुन्छ । चेस बोर्डमा कुल चौसट्ठी वटा  बक्साहरू हुन्छन् । चेसमा पनि टिप्पणी हुन्छ । चौसठ्ठी वर्गका विभिन्न नामहरू छन् । उदाहरणका लागि चेस बोर्डमा बायाँ पट्टिको  तल्लो कुनाको बक्सालाई ए १ भनिन्छ भने चेस बोर्डको दायाँ पट्टिकाे कुनालाई एच १ भनिन्छ । चेसमा विभिन्न ओपनिङ र गेमबिट्स हुन्छन् । यसको मतलब राजालाई चेकमेट गर्नको लागि चाल्नु हो । चेसको मुख्य उद्देश्य राजालाई चेकमेट गर्नु हो । चेकमेट भनेको प्रतिद्वन्द्वी राजालाई कतै नचल्ने बनाउनु हो ।


 

चेसकाे वर्ल्ड कप पनि हुन्छ । सबैभन्दा धेरै पटक चेसमा विश्वकप जित्ने व्यक्ति म्याग्नस कार्लसन हुन् । उनले पाँच पटक चेसकाे विश्वकप जितेका छन् । उनलाई चेसको सबैभन्दा खतरनाक ग्रान्डमास्टर पनि भनिन्छ । चेसमा विभिन्न ओपनिङ र गेमबिट्स छन् । केही डेनिस ग्याम्बिट, इटालियन ग्याम्बिट, फ्रेन्च डिफेन्स, सिसिलियन डिफेन्स आदि हुन् । चेसमा धेरै चेस ग्रान्डमास्टरहरू छन् । हिकारु नाकामुरा सबैभन्दा महान् चेस ग्रान्डमास्टरहरू मध्येएक हुन् । उनी मेरो मनपर्ने ग्रान्डमास्टरहरू ध्ये एक हुन् । हामी चेसमा हाम्रो आफ्नै ग्याम्बिट वा रक्षा पनि गर्न सक्छौँ । चेस खेल्ने निश्चित समय हुन्छ । त्याे समयसीमाभित्र रहेर चेस खेल्नुपर्ने हुन्छ । जहाँ दुई खेलाडीसँग विपक्षीलाई चेकमेट गर्न १ मिनेट हुन्छ । तिनीहरूसँग ३ मिनेट पनि हुन्छ । एक समयमा सबैभन्दा धेरै खेलिएको चेस १० मिनेट हो । यो चेसमा सबैभन्दा लोकप्रिय समय खेलमध्ये एक हो । चेस समय नताेकेर पनि खेल्न सकिन्छ । तर जब हामी समयमै चेस खेल्छौँ । यदि हामीले एक निश्चित समयमा विपक्षीलाई चेकमेट गर्न सक्दैनौँ भने, जसको समय पहिले समाप्त हुन्छ त्यो हार्छ र अर्को व्यक्तिले खेल जित्छ ।

नेपालमा पनि चेस धेरै लोकप्रिय छ । चेसमा धेरै चेस ग्रान्डमास्टरहरू पनि छन् । चेस एक विश्वव्यापी लोकप्रिय खेल हो । चेस रूसकाे राष्ट्रिय खेल हो । मानिसहरू भन्छन् कि यदि हामीले चेस खेल्यौँ भने हाम्रो दिमाग पनि बढ्छ । छिटो काम गर्छ र तेज हुन्छ । चेस मेरो मनपर्ने खेलहरूमध्येकाे एक खेल हो ।