Logo

Student Corner

कविता जस्तै गुरुआमा

Written by: Saphal Pokharel - 31052, Grade V

Posted on: 08 February, 2024

अनैकौँ लय र  शीर्षकहरू छन् लेख्नुपरेमा कविता

कविता लेख्न सिकाउनुहुन्छ प्यारी गुरुआमा सविता


 

कवितामा हुन्छन् थरी थरी गहकिला छन्द

 आहा ! कति राम्रो हाम्री गुरुआमाको मुस्कान मन्द 


 

धेरै नयाँ कुरा सिक्छौँ हामी कविताबाट

 दिनुहुन्छ गुरुआमाले त्यहीँ बाटोमा हिँड्ने आँट 


 

पढ्‌छाैँ हामी कवितामा अनेकौँ शैली

 गुरुआमाले भरिदिनुहुन्छ ज्ञानको थैली 


 

कविताका लय जस्तै हामी सबै अघि बढौँ

 गुरुआमा घण्टी बज्यो, अब कविता वाचन सुरु गरौँ ।