Logo

Student Corner

कहाँ गयो मानव

Written by: Anukul chapagain - 24078, Grade XII

Posted on: 07 February, 2024

छैन माया कति पनिव्यवहार चाहिने गजब 

दिमाग न चाहिने धन नै भयो सब 

भगवानसँग छैन डर बने सबै दानव 

सबै प्राणीको हित चाहिने कहाँ गयो मानव 


 

कृष्णको गीत झुटो पैसा मात्र साचो 

घृणा, दुर्व्यवहार लिएर यो मानव कति बच्यो 

मानवता हरायो विश्वमा मायाको सबैलाई खाँचो

सत्यको हार भयो अहिले असत्य खुलेर नाँच्यो 


 

पैसालाई मात्र माया छैन अरुसँग सम्बन्ध

पबित्र नदी फोहोर पारि आयो नराम्रो गन्ध 

आफ्नो मात्र सोच्ने अरु बाटो भयो बन्द 

धर्मको नाममा पनि लड्ने भयो समाज दुर्गन्ध 


 

भगवानले संगार गर्छन् भने पनि छैन डर 

नम्राे सङ्गत नजिकिने राम्रोसँग पर पर 

सबैमा घृणा अहिले छैन कसैको भर 

अर्कोलाई सगाउँदा बिग्रिन्छ आफ्नै घर 


 

सकियो मन्दिर जानी सानु पर्ने सब 

साँचो सबै हरायो सबै जना ठग

मानवको हर्कतभन्दा लाग्छ राम्रो दानव  

प्रगति भन्दै अहिले  यो कहाँ गयो मानव