Logo

Student Corner

मेरो कुकुर

Written by: Avana Pokharel - 32004, Grade IV

Posted on: 07 February, 2024

मेरो घरमा दुईटा कुकुर पालेको 

एउटाको नाम खैरे त अर्कोको नाम काले हो

दिउँसोको लागि साथी त राति चाहिँ पाले हो 

बिहान स्कुल जाँदा दुईटैले पुच्छर हल्लाउँछन् 

स्कुलबाट फर्किँदा बिस्कुट मात्र खाेज्दछन् 

वर्ष दिनमा एकपल्ट उनीहरूकाे चाड आउँदछ

कुकुर तिहारको दिनमा टीका माला लगाउँछन्

 घरमा सधैँ उनीहरू रमाई रमाई बस्दछन्

 नचिनेको मान्छेलाई बाटो छेकी भुक्दछन्

 मलाई देख्ने बित्तिकै गर्छन् धेरै फुर्फुर

 सबैभन्दा प्यारा छन् मेरा दुईटा कुकुर ॥