Written by: Shine Pathak - 24085, Grade XII
Posted on: 05 February, 2024
यो अधुरो आकाशमा अधुरा सपनाहरू
मेरो मनलाई छोपेको एउटा भ्रम ।
एक पटक देखेको हराएको सपना
अब बाँच्न नसक्ने टुक्राहरूमा टुक्रा टुक्रा भयो ।
अन्त्य नहुने रात
र यो रातमा आँसु झरे ।
मेरो मनमा अझै पनि केही फुलिरहेको छ ।
केही नयाँ छ वा यो बाँकी छ ।
मेरो कानमा बजिरहेको सङ्गीत
अलिकति परिचित तर नयाँजस्तो देखिन्छ ।
तर यो के दुःख खोई मेरो मनमा छ
यो के सपना हो जुन नै भएन ।
म चाहन्छु कि सबै कुरा सरल होस्
समस्या मेरो हो कि अरु नै केही हो ?
बाल्यकालको चाहना सपना पनि थियो
अब समयसँगै हराइदियो ।