Logo

Student Corner

अनुशासन

Written by: Ruhjen Jung Khadka - 32014, Grade IV

Posted on: 05 February, 2024

अनुशासन भनेको हाम्रो शरीर, दिमाग र आत्मालाई नियन्त्रणमा राख्नु हो । हामीले नियमपालन गर्नु नै अनुशासन हाे । अनुशासन भनेको परिवारका अभिभावक, शिक्षक र ठुलाहरूको आदेशको पालना गरी सबै कार्यहरू ठिकसँग गर्नु पनि हाे । अनुशासन सफलताकाे प्रतीक हाे । अनुशासनबिना मानिसले जीवनमा केही गर्न सक्दैन तर अनुशासनको बाटो हिँड्ने मानिसले जीवनमा सफलताको शिखर छुन सक्छ। अनुशासन नै सफलताको मार्ग हो । मानव जीवनलाई सफल र उन्नत बनाउन शिक्षासँगै अनुशासनको अधिक महत्त्व हुन्छ। जीवनमा विजय प्राप्त गर्नु भनेकै अनुशासित जीवन जिउनु हाे । हामीले प्रकृतिमा पनि अनुशासनको उदाहरणहरू देख्न सक्छौँ। जस्तै: सूर्य प्रत्येक दिन ठिक समयमा उदाउँछ र ठिक समयमा अस्ताउँछ। चन्द्रमा ठिक समयमा उदाउँछ। बिहान र साँझ ढिलाइ हुन्न । नदी सधैँ बग्दछ । त्यसै गरी हावा, पानी, बादल, पहाड, आगाे, रुख आदि सबै आआफ्ना नियमअनुसार चलेका हुन्छन् । हामीले अभिभावक, शिक्षक र आफूभन्दा ठुला मानिसहरूले भनेकाे  कुरा मान्नुपर्छ। कोही पनि मानिसले जन्मदै अनुशासन सिकेको हुँदैन । ऊ ठुलो हुँदै गएपछि वा असल खराब छुट्याउन सक्ने भएपछि अनुशासन सिक्दै जान्छ । अनुशासित व्यक्तिलाई सबैले मन पराउँछन् ।