Logo

Student Corner

  मेराे  देश

Written by: Prasiddha Shrestha - 2027016, Grade V

Posted on: 15 September, 2020

विश्वमा धेरै ठुला साना देशहरू छन । विश्वसामु नेपाल पनि एउटा सानो देश हो । आकारमा सानाे भएपनि  हाम्रो देश नेपाल  नेपाल प्राकृतिक साधनले  र सुन्दरताले  धनी देश  हो । हाम्रो देश नेपाल जलस्राेतमा  पनि दाेश्रो धनी देश हो । चारैतिर हरिया पहाडले घेरिएको मेराे देश नेपाल मेराे मुटु  हो । हाम्रो देश नेपालमा धेरै नै मठ मन्दिरहरू रहेका  छन् । जता हेरेपनि जता गएपनि पाइलैपिच्छे साना ठूला मन्दिरहरू पाइन्छन् साथै दुङगेधाराहरू पनि पाइन्छन् । हाम्रो देशमा विभिन्न भेषभूषा विभिन्न भाषा बोल्ने मानिसहरू बसोबास गर्छन् । हाम्रो देशलाई हिमाल,तराई,पहाड भनेर विभाजन गरिएको छ । हाम्रो देशमा विश्वको सर्वोच्च शिखर सगरमाथा पनि रहेको छ । जसले गर्दा विश्वसामु हाम्रो देश नेपालको नाम उच्च रहेको छ र अरू साना हिमालहरू मेराे देशमा रहेका  छन् सगरमाथाको उचाइ ८८४८ कि.मि अग्लो छ  । त्यो उच्च  हिमशिखर भएको हुनाले तालहरू पनि धेरै छन्  जस्तैः फेवाताल,राराताल,बेगनासताल,तिलिचोताल  आदि । हाम्रो देश नेपालमा धेरै पर्यकहरू  घुम्न  आउने गर्छन्, जसले गर्दा हाम्रो देशमा थुप्रै आयआर्जन गर्न सकिन्छ । एसियाका तारा भनेर चिनिने गौतम बुद्धको जन्म हाम्रो देश नेपालमा  नै भएको  हो । मेराे देश नेपाल प्राकृतिक, सांस्कृतिक, भाैगाेलिक, भाषिक आदि विभिन्न किसिमले समृद्ध रहेकाे छ ।