Logo

Student Corner

नेपालको पहिचान

Written by: Manaswi Sapkota - 26004, Grade X

Posted on: 01 February, 2024

नेपाल आकर्षणले भरिएको देश

हिमाल, नदी र ताल

चारैतिर मनमोहक दृश्य

तर के छ र नेपाल साँच्चै सुन्दर ?


 

सानो सानो कुरामा झगडा

वास्तविक समस्यालाइ बेवास्ता

सबैलाई यति थाहा पाउनु छ

कैले जाने छोडेर नेपाल ।


 

सरकारले बेकारका कुराका लागि

 मात्र बनाउँछ नियम 

खोला भेटिनुको मतलब किन ?

जहाँ छैन सिँचाइ र पानी


 

यो ठाउँ जहाँ हत्याकाे छैन कुनै सजाय 

तर अफिसरकाे तल्तीमा मलाई जरिवाना 

के यस्तो हुनुपर्ने हो त मेराे देशकाे कानुन ?

भाेग्नेलाई के थाह बनाउनेले जानून् ।


 

हिमशैलकाे टुप्पो मात्र हो र यो देश मेराे 

जानी र बुझी नसक्नु यै देशकाे सेराेफेराे

बढेको छ नेपालमा भ्रष्टाचार किन ?

पैसा भए बदलिन्छ कानुन यहाँ छिन छिन ।