Logo

Student Corner

देश विकासमा नागरिककाे सहभागिता

Written by: Prasanna Pokharel - 28020, Grade VIII

Posted on: 01 February, 2024

विकास भनेको कुनै पनि क्षेत्रमा सकारात्मक परिवर्तन आउनु हो । देशको विकास भनेको हरेक नागरिकको कर्तव्य हो । मानिसहरूले यो जिम्मेवारीलाई पूरा  गर्नुपर्छ । नागरिकले लगाएका प्रयासअनुसार नै देशको विकास हुने हो । देशको विकास गर्नको लागि हरेक मानिसले सहभागिता लिनुपर्छ।  मानिस र मानिस मिलेर एउटा परिवार बन्छ र परिवार परिवार मिलेर छरछिमेक बन्छ र छिमेकी मिलेर एउटा समाज बन्छ, समाज समाज मिलेर एउटा सहर बन्छ र सहर सहर मिलेर एउटा देश बन्छ।  


 

समाजमा मान्छेहरूले राम्रो काम गरे भने त्यो समाजको विकास हुन्छ र समाज विकास भएपछि एउटा सहरको विकास हुन्छ र सहरको विकास भएपछि एउटा देशको पनि विकास हुन्छ। एउटा समाजमा देशका नागरिकहरू बसोबास गर्छन र त्यो समाजको विकास नागरिकको हातमा हुन्छ। जसले गर्दा एउटा देशको विकासमा नागरिकको ठुलो सहभागिता रहन्छ ।  नेपालमा हरेक ५ वर्षमा चुनाव हुन्छ। चुनावमा नागरिकले नै सही सदस्यहरूलाइ भोट दिने हो । यसको मतलब नागरिकले नै देशको विकासमा सहयोग गर्ने व्यक्ति ठान्ने हो । नागरिकले खराब सोचको मानिसलाई चुनेमा देशको विकास अघि बढ्न सक्दैन तर सही र असल सोच भएको मानिसलाई चुने देशको विकास अघि बढ्छ। त्यसै गरी, देशको एउटा नागरिक भएपछि आफ्नो देशमा नयाँ कुराहरू ल्याउने, एकअर्कालाई सहयोग गर्ने र समाजमा हुने अन्धविश्वास र  नराम्रा प्रथा, आदिलाई हटाउनुपर्छ। त्यो गरेमा मात्रै देशमा सकारात्मक परिवर्तनहरू आउँछन् । देशको असल नागरिक भएर आफ्नै देशमा बसेर रोजगार गर्नुपर्छ । हामीले नयाँ कुरा सिकेर आफ्नो देशमा कर्यान्वयन गर्नुपर्छ ।  नागरिकले कर तिरेपछि नै सरकारले विकास जारी राख्न सक्छ। नागरिकहरूले देशमा के गर्दा राम्रो हुन्छ भनेर आफ्नो आवाज उठाउँछन् जसले गर्दा देशको विकास गर्न सहज सुन न हुन्छ। त्यसै गरी नागरिकले आफ्नो समाजमा केही पनि दुख पर्दा त्यसको समाधान निकाल्न एकअर्कालाइ सहयोग गर्छन ।  


 

त्यसै गरी, एउटा देशको नागरिक भएपछि देशको विकास गर्न, समाजमा आइपरेका समस्याको समाधान निकाल्न र देशमा कुनै खालको पनि आपत आइपरेमा सहयोग गर्नुपर्छ। सबैलाई सम्मान गर्नुपर्छ र भ्रष्टाचार जस्ता नराम्रो कार्यकाे अन्त्य गर्नुपर्छ ।