Logo

Student Corner

होली

Written by: Akshita Bhattarai - 32039, Grade IV

Posted on: 01 February, 2024

नेपालमा वर्षैभरि थुप्रै चाडपर्व मनाइन्छ । जस्तैःदसैँ, तिहार, ल्हाेसार, जनैपूर्णिमा, गाईजात्रा आदि । मलाई सबै चाडपर्व राम्रो लागे पनि फागु चाहिँ धेरै मन पर्छ । फागु पर्व वसन्त ऋतु सुरु हुने समयमा पर्दछ । यो पर्व धार्मिक र मनोरञ्जनका लागि मनाइन्छ । पौराणिक कथाअनुसार हिरन्यकश्यप नामको दैत्य राजा आफ्नो छोरा प्रल्हाद विष्णु भगवानको भक्त भएकोले रिसाउँछन् । उनले आफ्नो बहिनी होलिकालाई प्रल्हादलाई मार्न लगाएको कुरासँग यो पर्व सम्बन्धित छ । होलिकालाई आगोले नपोल्ने वरदान भएतापनि विष्णुको शक्तिले प्रल्हाद बाँचेर होलिका जलेर नष्ट हुन्छिन् । यसैको खुसीयालीमा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ । वसन्तको आगमनको बेला नेपाल तथा भारतमा यो पर्व मनाइन्छ । फागु पर्व परम्परागत तरिकाले फागुन महिनाको शुक्ल पक्षको दोस्रो हप्तामा मनाइन्छ । तर आजकाल पूर्णिमा परेको दिनमा मनाउने चलन छ । यो दिन नेपालमा सार्वजनिक बिदा हुन्छ । यो चाडमा मानिसहरूले एक अर्कालाई अबिर रङ लगाउने,रङ्गीन पानी छ्याप्ने र होलिका दहन जस्तो क्रियाकलाप गरी मिठा खानेकुरा खाएर मनाउँछन् । जाडो महिना सकिने बेला भएकोले सबैतिर रङ्गीन वातावरण हुने र पानीसँग खेल्न पाउने भएर मलाई यो चाड मन पर्छ । तर आजकाल रङमा केमिकल मिसावट हुने र यसले स्वास्थ्यलाई हानि पु‍‍‍‍‍‍‍‍‍‍र्‍‌याउने भएर म चाहिँ पानी भरेको बेलुन र पिचकारीसँग खेलेर रमाइलो गर्छु । मेरो बाबा र आमा पनि मसँग होली खेल्ने भएकाेले मलाई यो चाड मन परेको हो ।