Logo

Student Corner

तिमी र म

Written by: Aashiya Shrestha - 27030, Grade IX

Posted on: 31 January, 2024

तिमी नै हौ मेरा हातमाथि हात राख्ने 

तिमी नै हौ मेरा आँखासँग आफ्ना आखाँ जुधाउने 

तिमी तारालाई हेरी चित्र कोरी बस्छौ 

म तिमीलाई हेरी मेराे भविष्य कोरी बस्छु ।


 

कति सुन्दर छ यो रात 

तिमी यो आकाशमा हुने तारा 

यो रातको सुन्दर बतास 

तिम्राे र मेराे हावाकाे एक सास । 


 

किन हो मलाई यो रात न्यानो लाग्दै छ 

निन्द्राले भने मलाई आज लागेको छैन 

तिम्रा ती कोमल हात समाती बस्छु 

यो रात छोटो छ भन्ने लागेको छैन ।


 

तिमी नै हौ मलाई न्यानो परी राख्ने 

तिमी नै हौ मलाई न्यानो दिन सक्ने 

सधै झैँ यो चन्द्रमा ढल्किन जाँदै छ 

तर मेरो माया भने जहिले यस्तै रहने छ ।