Logo

Student Corner

मनको भावना

Written by: Aadar Timalsina - 29046, Grade VII

Posted on: 31 January, 2024

हिमालहरूको चोटीमा चम्कीरहेको,

सूर्यको रूपमा सजिइरहेको

नेपालको पहाडमा बसेर गाउने गीत

फूलहरूले रङ मिसाएर आँखै विचित्र ।


 

खोला र आसमान बिचको बिर्सिएको तारा,

राति सपना, मनमा बसिरहेको प्यारा 

गुनासो छ बादलले छेकेको छाया,

पर्वहरूको माहोलमा, मनोरन्जन सारा ।


 

जङ्गलमा उफ्रँदै गर्जने  बाघको गाथा,

जन्तुहरूबाट छीनिएकी ती माता।

सहरसँगै बजारको स्वर,

साथीको आवाज र मधुर माहोल ।


 

प्रेमको बाटोमा, दोहोरो प्यासा,

बाटो छान्नु आफैँ र आफ्नै गाथा।

चराको चिरबिर, जनावरको कराई,

जमिन र आकाशको अन्तर मिलाउँदै गई।


 

जीवनको चित्र, रङ्गीन छ गाथा,

कविता बनाइएको, मनको व्यथा ।

सँगै बसेर रचिएकाे, सुनौलो कहानी,

असल कवितासँगै बदलिन्छ रूप रानी ।