Logo

Student Corner

अनलाइन साथी

Written by: Eshanee Manandhar - 28004, Grade VIII

Posted on: 30 January, 2024

"ओहो लीला", सामीले मोबाइल हेर्दै भनिन्। " केही चाखलाग्दो कुरा भइरहेको छ र ? आऊ न मलाई पनि भन न " लीला के गर्दैछ भनेर जान्न उत्सुक भएको सामीले भनिन् । "ओहाे, केही होइन । म दिउँसोको खानाको समयमा यो तिमीलाई बताउनेछु। त्यसपछि, तिनीहरू आफ्नो कक्षाकोठामा ,तिनीहरूको कक्षा अझै चलिरहेकाले , गए। 

लीला काठमाडौँमा आफ्ना आमाबुबासँग एक्ली सन्तानको रूपमा बस्दै आएकी १६ वर्षीया केटी हुन्। एक वर्षअघि उनको १५औँ जन्मदिनमा उनका अभिभावकले उनलाई मोबाइल उपहार दिएका थिए । उनले दिनहुँ आफ्नो फोन प्रयोग गर्न थालिन् र अन्ततः यसको लत लाग्याे । उनले आफ्नो मोबाइल फोन जहिले पनि फुर्सदमा, कक्षाको विश्रामको समयमा, कक्षामा जानुअघि, उठेपछि, सुत्नुअघि प्रयोग गर्थिन्। उनका आमाबाबुले उनको फोनप्रतिको लतलाई धेरैजसो व्यस्त हुने भएकाले  ध्यान दिन सकेनन्। 

"हिजो तिमीले भनेको एपबाट, मैले एक जना केटाबाट म्यासेज प्राप्त गरेको छु। उसले ऊ मेरो जस्तै उमेरको हो र उसको नाम जेम्स हो रे नि । म ऊसँग अघिल्लो रातदेखि कुरा गरिरहेकी छु। राम्रो, मिलनसार र कुरा गर्नको लागि एक रोचक व्यक्ति पनि। र के तिमीलाई थाहा छ उसको र मेरो पनि उस्तै रुचि छ। उसले आफ्नो फोटो पनि साझा गरेको छ र ऊ एकदम प्यारो देखिन्छ। मलाई लाग्छ कि म उसलाई धेरै मन पराउँछु। मलाई आशा छ कि म उसलाई छिट्टै भेट्न सक्छु।" सीमासँग बसिरहँदा लिनाले भनिन् र एप चलाउँदा भेटेको आफ्नो "साथी" काे बारे बताइरहेकी थिइन् । "ए होर?" सीमाले लीलाले भनेको कुरामा ध्यान नदिएर भनिन्। यो खाजाको समय थियो र तिनीहरू दुवैले आफ्नो मोबाइल फोन प्रयोग गरेर विभिन्न व्यक्तिहरूलाई सन्देश पठाउँदै र यूट्यूब भिडियोहरू हेरिरहेका थिए।

स्कुल सकिएपछि, लीला उनको घरमा पुगिन् , आफ्ना लुगा फेरिन्, आफैँले एक कप कफी बनाइन् र जेम्सलाई म्यासेज पठाउन थालिन् र लेखिन् "हे जेम्स ! म भर्खरै स्कुलबाट फर्केँ। आज धेरै दिक्क लाग्याे । तिमी मेरो स्कुलमा भएको भए तिमीसँग धेरै रमाइलो हुन्थ्यो होला। म तिमीसँग धेरै कुरा गर्ने थिएँ ।" उनले टेक्स्ट म्यासेज पठाउने बित्तिकै, जेम्सले अनौठो तरिकाले उनको छिटो जवाफ दियाे । "ओहो लीला ! म पनि स्कुलबाट फर्किएँ । मेरो स्कुलमा पनि मलाइ धेरै दिक्क लागेकाे थियो । म तिमीलाई छिट्टो भेट्न चाहन्छु। अनि भेटेपछि कुरा गर्नको लागि हामीलाई हाम्रो मोबाइलको आवश्यकता पर्दैन । हामी पछि राम्रो कुराकानी गर्न सक्छौँ। के, तिमी मलाई भेट्न चाहान्छौ ?" जेम्सलाई पनि भेट्ने इच्छा भएकाले लीला उत्साहित भइन् । त्यसैले कुनै नतिजाको बारेमा सोचे बिना, उनले जेम्सलाई भेट्ने हो भने। "ल ल, अब भोलि दिउँसो १ बजे सेन्ट्रल पार्कमा आउनुस्"। तर किन दिउँसो १:०० बजे? तिमीलाई थाहा छ मेरो त्यो समयमा स्कुल छ  र तपाइँको पनि त्यही समयमा स्कुल हुन्छ। भेट्ने समय परिवर्तन गर्न मिल्दैन ? ?" लीलाले सोधिन् । "होइन। तिमी मलाई भेट्न चाहन्छ्याै लीला ? यदि तिमी मलाई भेट्न चाहदिनौ भने, यो ठिक छ" जेम्सले भने। उनीहरू एक अर्कालाइ भेट्न चाहन्थे, उनले त्यस दिनका लागि स्कुल छुटाउने र एक अर्कालाइ भेट्ने  निर्णय गरे ।  "शिया, म जेम्सलाई भेट्न जाँदैछु । यार, यदि उसले मलाई मन पराउँदैन भने के हुन्छ । अहँ, म उसलाई पहिलो पटक भेट्दा के भनूँ?"  'ए, होर? तर के तिमी विद्यालयमा बस्ने र उहाँलाई एक्लै भेट्ने बारे निश्चित छाै ? तिमीलाई थाहा छ कि त्यहाँ अपहरणका धेरै घटनाहरू भइरहेका छन् र यसको मुख्य कारण इन्टरनेटको कारण हो" शियाले लीलाका लागि चिन्तित भएर भनी।

लगभग १२ बजे, उनले आफ्नो स्कुल छोड्ने निर्णय गरिन् । आफ्नो कक्षा चलिरहेको बेला, उनले आफ्नी शिक्षिकालाई आफू ठिक नभएको बताइन्। त्यसैले, शिक्षकले उनलाई नर्स कोठामा जान भने। तर,गार्ड र क्यामेरा नहुँदा उनी नर्सको कोठामा जानुको सट्टा विद्यालयको पछाडिको गेटबाट बाहिर निस्किन् । उनले सेन्ट्रल पार्कमा जाने द्रुत बस चढिन् । सेन्ट्रल पार्कमा, उनले कोही पनि भेटिनन्। उनले जेम्सलाई पर्खने निर्णय गरिन् किनभने उनी वास्तव मै उनीमाथि भरोसा राख्थिन् । लीलाले जेम्सलाई पर्खिरहेको ३० मिनेट भइसकेको थियो । तर जेम्स आएन । त्यसैले लीलाले आफ्नो घर फर्कने निर्णय गरिन् । तर, करिडोर हुँदै गइरहेको बेला कसैले उनलाई समातेर भ्यानमा तानेर लैजान थाल्यो ।

पछि, जब उनी ब्यूँझिन्, उनले आफूलाई अँध्यारो कोठामा भेट्टाइन् र अन्य केटीहरूलाई पनि पक्रिएको भेट्टाइन् । "आहा कोही  मलाइ मद्दत गर्नुहोस्" उनी चिच्याइन्। कोठामा रहेका एउटी केटीले भनिन्, "चिच्याएर यहाँ केही हुँदैन । यसको कुनै फाइदा छैन। हामी अब यहाँ फसेका छौँ । कसैले हामीलाई बचाउने छैन।" लीलाले निराश महसुस गरिन्। एक्कासी एकजना मानिस भित्र आए । "तिमी को हौ? हामीलाई बाहिर जान दिनुहोस्। तपाईँ हामीबाट के चाहनुहुन्छ?" लीला कराइन् । "शान्त लीला ! तिमीले मलाई जेम्स भनिने साथी भनेर चिन्नेछाै । उसले भन्याे तर लीलाले भनिन् "होइन तिमी जेम्स होइनौ, जेम्स मेरो साथी हो, तिमी पक्कै पनि ऊ होइनौ । लीलाले यति भनेपछि जेम्सले आफ्नो मोबाइल निकालेर लीला र उनीबीच भएको कुराकानी देखायाे । त्यस समयमा लीला स्तब्ध भइन् र हराएको महसुस गरिन्। केही बेरपछि त्यो केटाले बेच्ने हो भन्दै गए । जीवनको अन्त्य होला भन्ने सोचेर लीलासहित सबै रुन थाले । उनीहरूले कसैलाई अनि भगवानसँग मद्दतका लागि बिन्ती गरे तर कोही आएन । २ घन्टापछि लीला आत्तिइन् खल्तीमा उनको सेलफोन भेट्टाइन् । उनले हतार हतार आफ्ना अभिभावकलाई फोन गरेर प्रहरीलाई खबर गरिन् । ५ मिनेटपछि उनका आमाबुबा र प्रहरी आइपुगे । पुलिसले जेम्सको भूमिका खेल्ने व्यक्तिलाई समात्यो र चोरलाई पक्रने क्रममा लीलाको योगदानको लागि धन्यवाद दिए। 

त्यस दिनदेखि, लीला वास्तवमै इन्टरनेटमा कुरा गर्दा होसियार भइन्, उनले अन्य मानिसहरूलाई पनि इन्टरनेटमा सचेत हुन जानकारी गराइन् । किनभने अन्ततः यसले तपाईंको जीवनलाई खतरामा पार्न सक्छ। यो कुरा सिक्दै जेम्सले पनि आफ्नो जीवनमा अरू मानिसलाई इन्टरनेटमा सावधान भएर बस्नु भन्दै हिडेछ र जेलबाट छुटेपछि यही बेचविखान न्युनीकरणकाे अभियानमा लागेछ ।