Logo

Student Corner

स्वर्ग कस्तो होला ?

Written by: Suravi Niraula - 24083, Grade XII

Posted on: 30 January, 2024

जब म साथीलाई सोध्छु, "स्वर्ग कस्तो हुन्छ ?"

ऊ सुनाउन थाल्छ, स्वर्ग यस्तो हुन्छ उस्तो हुन्छ

तर म सन्तुष्ट हुन्न ।

धेरै ठाउँमा सुनेकी छु स्वर्ग बारे

कतै केही भन्छन् त कतै केही 

हिन्दु यो भन्छन् भने क्रीस्चियन अर्कै ।


 

मलाई सँधै जान्न मन लाग्छ

आखिर के हो यो स्वर्ग ? कता छ ?

म सँधै एउटा सोचमा पर्छु

जताबाट छट्न गार्‍हो पर्छ

म सोच्छु,

आखिर के हो यो स्वर्ग ? कता छ यो ? कस्तो छ यो ?

तर म कहिल्यै पनि थाहा पाउन सकिनँ ।


 

धेरै किताब पल्टाएँ 

धेरै जान्न खोजेँ

तर कहिल्यै सफल भइनँ ।

अझै म अडकिरहिछु त्यही प्रश्नमा

आखिर के हो यो स्वर्ग ? कता छ यो ? कस्तो छ यो ?