Logo

Student Corner

याे अविस्मरणीय पल बन्याे … !

Written by: Ritesh Paudel - 25047, Grade XI

Posted on: 29 January, 2024

पोखरा मेरो स्वप्न नगरी थियो । म बारम्बार यसकाे बयान सुन्दथेँ । फेवा, रुपा, बेगनास, माछापुच्छ्रे आदिको बारेमा सुन्यो, पढ्यो अनि मस्तिस्कमा एक प्रकारको छवि बनायो यस्तै होला पोखरा भनेर । 

एक दिन बिहान बुबाले घरमा पोखरा घुम्न जाने कुरा निकाल्नुभयो । मेराे  खुसीकाे सीमा नै रहेन । बुबाले अब १/२ हप्तामा जानुपर्ला भन्नु भएको थियो । त्यसैअनुसार नै मैले सबै तयारी गरेँ । मङ्सिरको अन्त्यतिर भएकाले बिहान हल्का चिसो महसुस भैरहेको थियो । मङ्सिर २३ गते जाने कुरा थियो । त्यो दिन बिहानै ७ बजे हाम्रो गाडी आयो । 

हामी लगभग ७-८ घण्टाको यात्रापछि पोखरा पुग्याैँ । एउटा होटेलमा बस्ने निधो गर्याैँ । त्यहाँ पुगेपछि त्यो दिन आराम गर्ने निर्णय गर्याैँ । रातिको ८ बजे त्यस होटलका मानिसले हामीलाई खाना खान बोलाउनुभयो । 

निकै मिठो खाना थियो । खाना खाएर हामी सबै जना आगो ताप्ने ठाउँमा गयाैँ । आगो ताप्दै गीत सुन्दै बस्याैँ र रमाइलो गर्याैँ । 

लगभग ११:३० बजेसम्म त्यहाँ बसेछाैँ हामी । त्यसपछि सुत्न सुत्ने तर्खरमा लाग्याैँ । बिहान ७:३० बजे उठेर नास्ता गर्न गयाैँ र नास्ताको बेला बुबाले भन्नुभयो कि हामी ९ बजे डेभिड फल्स हेर्न जाने छौँ । त्यो कुरा सुनेर म निकै खुसी भएँ । खाजा खाएर एकछिन बसेपछि तयार हुन गएँ म । ९ बजे हामी सबै डेभिड फल्स तिर लाग्याैँ । लगभग आदि घण्टापछि त्यहाँ पुगियो । 

फेवातालको पानी भूमिगत सुरुङमार्ग हुँदै झरनाको रूपमा निस्कने रहेछ । "डेभिड फल्स " नाम एक दुःखद घटनाबाट आएको रहेछ  जहाँ डेभिड नामक एक स्विस पर्यटक झरनामा खसेर डुबेका थिए। घटनाको सम्झनामा स्थानीयले यसलाई ‘डेभिड फल्स’ नाम दिएका रहेछन् । त्यहाँ घुमेर, फोटोहरु खिचेर हामी सबै जना चमेरो गुफातिर लाग्याैँ । 

चमेरो गुफा हेर्दा हल्का डरलाग्दो थियो र त्यहाँ भित्र जाने बाटो नि हल्का डरलाग्दो थियो । यो गुफाभित्र पर्खाल र छत माथि हजारौँ चमेराहरुको बासस्थान रहेछ । गुफाबाट नराम्रो दुर्गन्ध रहेछ । त्यहाँ एकछिन घुमेपछि हामी बाहिर निस्कियाैँ र बाहिर निस्कदा घोडा देखियो ।

हामी सबैजना पालैपालाे  घोडा चढ्याैँ  । त्यसपछि १ बजेतिर हामी होटेल फर्केर र खाना खायाैँ । खाना खाइसकेर एकछिन आराम गर्याैँ र आराम गरेर ४:३० बजेतिर हामी बिन्दाबसिनी मन्दिर गयाैँ । त्यहाँ एकदमै भव्य तरिकाले पुजा भजन भैरहेको रहेछ । एकैछिन त्यही भजन आराधनामा हामी मग्न भयाैँ लगभग ६ बजेतिर होटेल फर्कियाैँ । होटेल फर्केर फेरि आराम र नास्ता गरियो । ८ बजे खाना खाइयो र ९ बजेतिर लेक साइड घुम्न गयाैँ । 

राति लेक साइड जानुको मज्जा नै बेग्लै रहेछ । वातावरण नै एकदम रमणीय । अनि १० बजेतिर होटेल फर्केर आराम गर्याैँ । भोलिपल्ट बिहान ७:३० बजे हामी फेवा ताल गयाैँ । एकदम ठुलो र राम्रो झन् बिहान त सुर्याेदय  भएको नि एकदम राम्ररी देखिने । त्यहाँ एउटा ढुङ्गा चढेर हामी ताल बराही दर्शनतिर पनि लाग्याैँ  । ताल बराहीमा दर्शन गरेर हामी होटेल फर्कियाैँ । 

होटेलमा नास्ता गरेर हामी कुस्मा,बाग्लुङको  सबैभन्दा लामो झोलुङ्गे पुल गयाैँ । त्यहाँ चड्दा निकै डर लाग्ने रहेछ अनि त्यो पुल निकै हल्लिने पनि रहेछ । बल्ल बल्ल त्यो पुल काटेर हामीले त्यहाँको रमणीय दृस्य हेर्याैँ । त्यहाँको दृस्य निकै अद्भूत थियो । त्यस्पछि त्यो पुल फेरि काटेर हामी कालिका भगवती मन्दिर गएर दर्शन गर्याैँ । त्यहाँ दर्शन गरेपछि हामी साराङकाेट गएर केबल कार चढ्याैँ  । हामी पुम्दिकोट र शान्ति स्तुपा पनि गयाैँ ।

तत्पश्चात् होटेल फर्केर  र खानासाना खाएर आराम गर्याैँ  र भोलि बिहानै ८ बजे गाडि चढेर काठमाडौँ फर्कियाैँ ।

मेराे पहिलाे भ्रमण भएर पनि हाेला मेरा लागि याे अविस्मरणीय पल बन्याे !