Logo

Student Corner

देशको विकासमा नागरिकको सहभागिता

Written by: Prasanna Pokharel - 28020, Grade VIII

Posted on: 26 January, 2024

विकास भनेको कुनै पनि क्षेत्रमा सकारात्मक परिवर्तन आउनु हो ।देशको विकास भनेको हरेक नागरिकको कर्तव्य हो । मानिसहरूले यो जिमेम्वारिलाई स्वीकार गर्नुपर्छ । नागरिकले लगाएका प्रयास अनुसार नै देशको विकास हुने हो । देशको विकास गर्नको लागि हरेक मानिसले सहभागिता लिनुपर्छ।  मानिस र मानिस मिलेर एउटा परिवार बन्छ र परिवार परिवार मिलेर छरछिमेक बन्छ र छिमेकी मिलेर एउटा समाज बन्छ, समाज समाज मिलेर एउटा सहर बन्छ र सहर सहर मिलेर एउटा देश बन्छ।  


 

त्यही समाजमा त्यहाँका मान्छेहरू ले राम्रो काम गरे भने त्यो समाजको विकास हुन्छ र समाज विकास भएपछि एउटा सहरको विकास हुन्छ र सहरको विकास भएपछि एउटा देशको पनि विकास हुन्छ। एउटा समाजमा देशका नागरिकहरू बसोबास गर्छन र त्यो समाजको विकास नागरिकको हातमा हुन्छ। जसले गर्दा एउटा देशको विकासमा नागरिकको ठुलो सहभागिता रहन्छ।  नेपालमा हरेक ५ वर्षमा चुनाव हुन्छ। चुनावमा नागरिकले नै सही सदस्यहरूलाइ भोट दिने हो । यसको मतलब नागरिकले नै देशको विकासमा सहयोग गर्ने व्यक्ति ठान्ने हो । नागरिकले खराब सोचको मानिसलाई चुनेमा देश को विकास अघि बढ्न सक्दैन तर सही र असल सोच भएको मानिसलाई चुने देशको विकास अघि बढ्छ। त्यसै गरी, देशको एउटा नागरिक भएपछि आफ्नो देशमा नयाँ कुराहरू ल्याउने, एकअर्कालाई सहयोग गर्ने र समाजमा हुने अन्धविश्वास र  नराम्रा प्रथा, आदिलाई हटाउनुपर्छ। त्यो गरेमा मात्रै देशमा सकारात्मक परिवर्तनहरू आउँछन् । देशको असल नागरिक भएर आफ्नै देशमा बसेर रोजगार गर्नुपर्छ। हामीले नयाँ कुरा सिकेर आफ्नो देशमा कर्यान्वयन गर्नुपर्छ।  नागरिकले कर तिरेपछि नै सरकारले विकास जारी राख्न सक्छ। नागरिकहरूले देशमा के गर्दा राम्रो हुन्छ भनेर आफ्नो आवाज उठाउँछन जसले गर्दा देशको विकास गर्न सहज सुन न हुन्छ। त्यसै गरी नागरिकले आफ्नो समाजमा केही पनि दुख पर्दा त्यसको समाधान निकाल्न एकअर्कालाइ सहयोग गर्छन।  


 

त्यसै गरी, एउटा देशको नागरिक भएपछि देशको विकास गर्न, समाजमा आइपरेको समस्याको समाधान निकाल्न र देशमा कुनै खालको पनि आपत आइपरेमा सहयोग गर्नुपर्छ। सबैलाई सम्मान गर्नुपर्छ र भ्रस्टाचार जस्ता नराम्रो कार्य गर्नुहुदैन।