Logo

Student Corner

शरीरको हेरचाह

Written by: Pritha Khanal - 30022, Grade VI

Posted on: 26 January, 2024

हुर्कँदै जाँदा आफ्नो शरीरको बढी ख्याल राख्नुपर्छ । हुर्कँदै जाँदा तपाईले आफ्नाे  शरीरमा विभिन्न परिवर्तनहरू देख्नुहुने छ । जस्तैः  हाम्रो छाती, काखी, अनुहार र हाम्रो शरीरका निजी भागहरूमा राैँ  पलाउँछन् । महिला र पुरुषका काखीमा, गुप्ताङ्गमा कपाल आउनु यौवनावस्था वा किशोरावस्थाका केही लक्षणहरू हुन् । किशोर भन्नाले १३ वर्ष वा सोभन्दा बढी उमेरका बालबालिकालाई जनाउँछ । जब केटीहरू किशोरावस्थामा पुग्छन्, उनीहरूलाई हरेक महिना रगत बग्न थाल्छ । यसलाई महिनावारी वा रजस्वला भनिन्छ । महिनावारी ढिला भयो भने तुरुन्तै डाक्टरकहाँ जानुपर्छ । यदि केटीहरू महिनावारी भएनन् भने उनीहरू गर्भवती हुन सक्दैनन्  । उनीहरूलाई मानसिक तनाव आदि हुन सक्छ । जब उनीहरूलाई महिनावारी हुन्छ, उनीहरूले आफ्नो निजी भाग जहाँबाट रगत बग्छ, त्यहाँ सधैँ सफा गर्नुपर्छ नत्र उनीहरूलाई योनीमा असुविधा हुन सक्छ । जुन हामी व्यक्तिगत स्वच्छताको कमीबाट प्राप्त गर्दछौँ । हामीले सधैँ नुहाइधुवाइ गरेर आफ्नाे शरीरलाई सफा राख्नुपर्छ ।