Logo

Student Corner

कपिलाको कथा

Written by: Anaya Parajuli - 34043, Grade II

Posted on: 26 January, 2024

मलाई मनपर्ने किताब कपिलाको कथा हो । यो किताब मलाई साह्रै मन पर्छ । यो किताबको चित्रहरू पनि राम्रा छन् । यो किताब परिचय पब्लिकेशनको हो । कपिलाको कथा डा. सौरभ पौडेलले लेख्नुभएको हो । यो किताबकाे चित्रहरू सुमन महर्जनले बनाउनुभएकाे हाे । कथामा मुख्य पात्र कपिला हुन् । कथामा कपिलाले सुरुमा कुनै कथा लेख्न सक्दिनन् । उनले शिक्षकलाई खाली कागज देखाउँछिन् । शिक्षक र आमाबाट हौसला पाएपछि कपिलाले कथा लेख्न सक्ने हुन्छिन् ।