Logo

Student Corner

फूल थरी थरी

Written by: Suprabh Acharya - 27014, Grade IX

Posted on: 25 January, 2024

बिहानीमा उठ्दा देख्छु मेरै आँगन भरी

सधैँ देख्छु गमलामा फूल थरी थरी।


 

चञ्चल चञ्चल मन किन देखेर ती फूल

लाग्छ किन भमराले गर्याे कि केही भूल।।


 

रङ्गीचङ्गी फूलहरूले फुरूङ्ग छ मन

आहा ! कस्ताे हराभरा मनै मनमग्न। 


 

दिनदिनै गाेडमेल गर्छु आँगनीका फूल 

जति हेर्याे हेराैँ लाग्छ सुभाष दिने मूल।। 


 

फिरफिर पुतलीले नाच्दै गाउँदै गर्छन्

माहुरी र भँमराले मेराे आँगन भर्छन्।


 

घामका ती झुल्कासँगै फक्रन्छन् ती फूल

आहा मिठाे बासनाले हुने हाे कि भूल।।


 

घरकाे मठ मन्दिरमा त्यही फूलकाे खाेजी

त्यही मन्दिर सजाउन टिप्छु राेजी राेजी।


 

सानाे मेराे बगैँचा त्याे रङ्गाउने फूल 

तिनै फूलमा माहुरीले गर्याे कि त भूल।।