Logo

Student Corner

दसैँ

Written by: Eva Shrestha - 33008, Grade III

Posted on: 25 January, 2024

दसैँ चाड नेपालीहरूको सबैभन्दा ठुलो चाड हो । नेपालभरका हिन्दु धर्मावलम्बीहरूले दसैँ हर्षोउल्लासका साथ मनाउने गर्दछन् । यो खुसी ल्याउने र एकताको सन्देश दिने पर्व हो । दसैँको पहिलो दिन घटस्थापनामा हामीले घरघरमा धान र जौको बिउ राखेर पूजा गर्‍याैँ । दसैँमा मैले बुबाआमालाई घर सफा गर्न मद्दत गरेँ । अष्टमीको दिनमा बेलुका हामीले नेवारी परम्परा अनुसार कुछी भोज खायौँ । आमाले एकदम मिठो मासु बनाउनुभएको थियो । नवमीको दिन मैले आफ्नो साइकल सफा गरेर पूजा गरे । घरको गाडी, स्कुटर, लुगा सिउने मेसिनहरू पनि पूजा गर्‍याैँ । नवमीको दिन बेलुका हामी धेरैवटा मन्दिरहरू पनि घुम्न गयौँ र भगवती मातालाई ढोगेर आशीर्वाद लियौँ । दसैँको दसाैँ दिन विजयादशमीमा मैले मेरा हजुरआमा, बुबाआमा, दिदी र सबैको हातबाट निधारमा टीका टाउकोमा जमरा लगाइ आशीर्वाद लिएँ । ठुलोबुबाको घर, मामाघर र फुपूको घर पनि गयौँ । मेरो यसपालिको दसैँ धेरै रमाइलो भयो ।