Logo

Student Corner

सपना

Written by: Aarav Timilsina - 28028, Grade VIII

Posted on: 23 January, 2024

सपनाको आकाशमा, आशा त एक तारा हो। 

जीवनको सङ्घर्षमामा, आशा हाम्रो साथी हो ।

अँध्यारो भए बत्ति दिन्छ , उज्यालो भए छाऊ। 

त्यो शङ्काको डोरी छाडेर, आशाको साथ जाऊ। 


 

बनेर त्यसमै निर्भर, अझ जीवनमा आशासँगै जाऊ

सफलता नपाए नि आशा गर ,धैर्यको फल खाऊ

हुन्छ नि सपना पूरा, आफ्नो भविष्य लेख्न  सक्छौँ 

पाउन सक्छौ लक्ष्य, आफै परिश्रम गर्न सक्छौँ । 

 

सपनाको दुनियामा चरा हुने चाहना 

 यसमा बाधा आएमा मर्ने छन् चाहना 

हरेक कदममा, नयाँ सपना देख्न सक्छौँ 

 हरेक पलमा हामी आशा गर्न सक्छौँ ।