Logo

Student Corner

तिहार

Written by: Sangay Sherpa - 30030, Grade VI

Posted on: 23 January, 2024

तिहार नेपालमा मनाइने एक महान् पर्व हो। यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशिका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीयासम्म पाँच दिन मनाइन्छ । यमराजले आफ्नी बहिनी यमुनाको घरमा आतिथ्य ग्रहण गरेको हुनाले याे पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने मान्यता छ । तिहारलाई फूल र बत्तीकाे पर्व पनि भनिन्छ । तिहारमा प्राणीकाे पनि पूजा गर्ने गरिन्छ । यस पर्वमा काग, कुकुर, गाई, गोरुको पूजा गरिन्छ। यस पर्वलाई दीपावलीका नामले पनि चिनिन्छ । यस  दिन हामीले देउसी र भैलो खेल्ने चलन पनि छ । साना र ठुला  सबै मानिस देउसी भैलो खेल्छन् । तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका दिन भाइ तिहार पर्दछ । यो विशेष दिन हाे । यस दिन दिदीबहिनीहरूले दाजुभाइहरूलाई निधारमा सप्तरङ्गी टीका र गलामा मखमली फूलकाे माला लगाइदिन्छन् । दाजुभाइकाे दीर्घायुकाे कामना गर्दछन् । दाजुभाइहरूले पनि  दिदीबहिनीहरूलाई टीका र माला लगाइदिन्छन् । यसरी तिहार  पर्व अत्यन्तै हर्षाेल्लासकासाथ मनाउने गरिन्छ ।