Logo

Student Corner

मेरो नेपाली किताब

Written by: Aarogya Ghimire - 34004, Grade II

Posted on: 23 January, 2024

म विद्यालयमा धेरै थरीका किताब पढ्छु । त्यसमध्ये मलाई मेरो नेपाली किताब मन पर्छ । मेरो कक्षामा यो किताब सिन्धु गुरुआमाले पढाउनुहुन्छ । उहाँले बुझाएर पढाउनुहुन्छ । यो किताबमा भएका कविता र कथा मलाई मन पर्छ । यसमा भएका अभ्यासहरू घरमा र कक्षामा गर्न मन पर्छ । अभ्यासहरूमा मलाई मिल्ने शब्दहरूकाे जाेडा मिलाउने, खाली ठाउँ भर्ने र चित्र हेरी वर्णन गर्ने अभ्यासहरू गर्न रमाइलाे लाग्छ । यसमा भएका कविता सबै साथीहरूले लय मिलाएर गाउदा रमाइलो हुन्छ । मलाई “राम्रो काम गर्ने हो” भन्ने कविता धेरै मन पर्छ । मेरो नेपाली किताबले मलाई नयाँ नयाँ शब्दहरू सिकाउनुका साथै धेरै ज्ञान दिएको छ ।