Written by: Shubham Devkota - 25060, Grade XI
Posted on: 22 January, 2024
घामसँग प्रश्न “हिजो किन गयौं ?”
आज आउने थियौ त।
घाम
हिजो रोएको थियौ थाहा छ ?
हिजो कहीँ ढिलो भएर केही गुमाएको थियौ ?
राम्रो गर आज पीडा हुने छैन, कुनै गल्ती हुने छैन
समस्यामा गरे सबै पाउँछौ केही गुमाउने छैनौ
भित्तासँग प्रश्न “किन मेटिदै छौ ?”
हिजोजस्तै चम्केको खै ?
भित्ता :
हिजो अडिदा मेरो भरमा थियौ थाहा छ
हिजो बामे सर्दा हत्तले मलाई सुम्सुम्याउँथ्यौ
हिजो खेल्दा कति ठोकियो
हिजो “क”,“ख” मलाई कोतार्दै सिकेको हौ
“म बुढी भए नि” एकदिन सकिने नै हो
हिजो बामे सर्दा म थिएँ
खुट्टामा उभिदा तान्ने
“परिश्रम गर्दा उपेक्षा लाग्ला “पोल्नु है ?”
तिमी खिइदा विशाल विगत बिर्सिएर
भबिष्यको कोजीमा हुने छौ
खोलासँग एउटा प्रश्न “अस्थिर किन”
गन्तव्य र उद्देश्य खै।
खोला:
हिजो यही माछा मार्थ्याै नि
हिजो कलिला हातले ठुलो खेलौना यही बनाएको थियौ
हिजो फलेको तिम्रो डुङगा आजै बगिरहेको होला
“मलाई अस्थिर बनाएर मेरो आस्थित्व नामेट्नु है। ”
आफूमा परिवर्तनमा ल्याऊ तर अस्तित्व् नगुमाउनू
“पाप पखाल्न मलाई नखोज है।” पाप जो नगर
मजस्तै तिमी सिर्जनशील हुनू ।