Logo

Student Corner

सामाजिक सञ्जाल

Written by: Aaniya Poudel - 27002, Grade IX

Posted on: 22 January, 2024

मानिसहरू पहिले महिनौँ भेट नहुँदा एक अर्कालाई चिठी लेख्ने गर्थे । त्यो चिठी पनि एक अर्काको हात केही समयको अन्तराल पछि मात्र प्राप्त हुन्थ्यो । एक अर्का कोअनुहार भने हेर्न सक्दैनथे । अनुहार हेर्नु त परैको कुरा हो उनीहरूले सामान्य तरिकाले कुराकानी पनि गर्न पाउँदैनथे ।


 

कतै आमाबुबा आफ्ना छोराछाेरीको चिठीको लागि पर्खिरहेका हुन्थे भने कतै  छोराछाेरी वा श्रीमती सात समुद्र पारि वा सहर गएको बुबा वा श्रीमान्को चिठीका  लागि पर्खिरहेका हुन्थे । मानिसहरूलाई धेरै कुराको ज्ञान हुँदैनथ्यो  । उनीहरू कतैबाट पनि ज्ञान आर्जन गर्न सक्दैन थिए । त्यो बेला धेरै सुविधा पनि थिएन । केही समयको अन्तरालपछि यो दुरी अलि कम हुँदै आयो । जब टेलिफोनको आविष्कार भयो । टेलिफोनकाे प्रयोग मानिसहरू एक अर्कासँग कुरा गर्न थाले । मानिसहरूलाई कुरा गर्न महिनौँ पर्खिनुपर्ने भएन । टेलिफोनबाट एकअर्कोसँग कुरा गरेर अलि ज्ञान आर्ज गर्दै गए मानिसहरू । समय बदलिँदै गयो अहिले हाम्रो हात हातमा फोन छ र फोनमा सामाजिक सञ्जाल जसले हाम्रो जीवन सहज पारिदिएको छ । अहिले हामीलाई कसैसँग कुरा गर्न नपर्खिनु पर्छ न टेलिफोनको प्रयोग गर्नुपर्छ । अहिले सहर वा देश मात्र नभए र सात समुद्रपारि गएका मानिसहरूसँग पनि अनुहार हेरेर कुराकानी गर्न सक्छौँ । पहिला मानिसहरूलाई देशमा के भइरहेको छ, त्यो थाहा पाउन गारो पर्थ्यो । अहिले सामाजिक सञ्जालले गर्दा विदेशमा घटेका घटनाबारे पनि हामीले थाहा पाउन सक्छौँ । सामाजिक सञ्जालको फाइदा र बेफाइदा पनि उत्तिकै छन् ।

सामाजिक सञ्जालका फाइदाको कुरा गर्नुपर्दा मानिसहरूलाई सामाजिक सञ्जालले धेरै सजिलो पारिदिएको छ । मानिसहरू घर बसेरै सरसामान मगाउन सक्छन् । विभिन्न विषयबारे शिक्षा आर्जन गर्न सक्छन् । विदेशमा रहेका कोही परिवारको सदस्यहरूसँग कुराकानी गर्न सक्छन् । हाम्रो जीवन अहिले सामाजिक सञ्जालले गर्दा धेरै सहज भएको छ । कति मानिसले सामाजिक सञ्जालबाट रोजगारी पनि प्राप्त गरेका छन् ।


 

फाइदासँगै सामाजिक सञ्जालले गर्दा भएको बेफाइदाको बरेमा कुरा गर्दा सामाजिक सञ्जालद्वारा हुने अपराधहरू बढ्दै गएको छन् । सामाजिक सञ्जालबाट हामीले कति गलत जानकारी पाउन सक्छौँ र त्यो गलत जानकारीले हामीलाई हानि पनि गर्न सक्छ । अहिलेका बालबालिकाहरू बाहिर निस्किनुभन्दा पनि सामाजिक सञ्जालमै भुलेएर बसेका हुन्छन् । बाहिर निस्केर खेलकुद गर्दा शरीरको कसरत हुन्छ तर अहिले त्यो पनि रोकिएको छ । बाहिर निस्केर बजार जाँदा मानिसहरूको कसरत हुन्थ्यो । कोही कोहीसँग समय हुँदैन उनीहरूका लागि सही हो यो तर जोसँग समय छ र उनीहरू जान सक्छन् उनीहरूमा पनि अल्छीपन देखिएको छ ।

हरेक कुराका सकारात्मक र नकारात्मक पक्षहरू हुन्छन् यो सबै हामीमा भर पर्छ । हामीले सामाजिक सञ्जाललाई कसरी चलाइरहेका छौँ । सामाजिक सञ्जालको प्रयोग गर्नु हुँदैन भनेर भन्दिन म तर सबै कुराको लागी त्यसैमा मात्र पनि भर पर्नु हुँदैन । आफैबाट विश्वास हटाएर त्यसमा मात्र पनि विश्वास गर्नु हुँदैन । हरेक कुराको सही उपयोग थाहा हुनुपर्छ । कतिपय कुराहरू हामी आफैँ पनि गर्न सक्छौँ तर त्यही कामको लागि पनि सामाजिक सञ्जा को प्रयोग गरिरहेका छौँ हामी । हो, हामीले सामाजिक सञ्जालमा विश्वास गर्नुपर्छ तर आखैँ बन्द गरेर हाेइन ।