Logo

Student Corner

भक्तपुर सहर

Written by: Aamnaya Raj Dhungel - 33002, Grade III

Posted on: 22 January, 2024

काठमाडौँ उपत्यकामा पर्ने एक सुन्दर सहर भक्तपुर हो । यसको पुरानो नाम ‘भादगाउँ’ पनि हाे । भक्तपुरलाई नेवारी भाषामा ‘ख्वप’ भनिन्छ । भक्तपुरमा धेरै चाडपर्वहरू मनाइन्छन् । भक्तपुरमा दरबार स्क्वायर, राममन्दिर, पाँचतले मन्दिर जस्ता थुप्रै प्रसिद्ध मन्दिरहरू भ्रमणका लागि उपयुक्त छन् । याे सहरका धेरै विशेषताहरूका कारण नै नेपालको तीन महत्त्वपूर्ण सहरमध्ये भित्र पर्दछ । भक्तपुर  नेपालको एक पुरातात्त्विक सहर हो । यस सहरमा ऐतिहासिक स्थलहरू रहेका छन् । यसले नेपालको सौन्दर्य र संस्कृतिको संरक्षण गरेको छ । भक्तपुरमा विभिन्न चाडपर्वहरू धुमधामसँग मनाइन्छ । तीमध्ये बिस्केटजात्रा, गाईजात्रा, स्थानीय जात्राहरू आदि हुन् । गाईजात्रा विशेष गरी भक्तपुरमा धुमधामका साथ मनाइन्छ । भक्तपुरमा माटाका विभिन्न भाँडाहरू बनाउने प्रचलन रहेको छ । यस सुन्दर र प्राचीन सहरमा विशेष किसिमको दही पाइन्छ । जसलाई जुजु धाै पनि भनिन्छ । भक्तपुर देशकै सानो जिल्ला पनि हो । आकारमा सानो भएतापनि यहाँ विभिन्न किसिमका मठ, मन्दिर, पाटी, पौवा आदि प्रशस्तै रहेको छ । यहाँ विविध संस्कृति भेषभूषा देख्न पाइन्छ । भक्तपुरको पुरातात्त्विक वस्तुस्थिती अवलोकन गर्न यहाँ धेरै पर्यटकहरू वर्षै पिच्छे आउने गर्दछन् । त्यसैले यो सहर पर्यटकीय स्थल पनि रहेको छ । जसले गर्दा भक्तपुरको आर्थिक आम्दानी पनि राम्रो रहेको पाइन्छ ।