Logo

Student Corner

हाम्रो नेपाल

Written by: Aarav Timilsina - 28028, Grade VIII

Posted on: 19 January, 2024

नेपाल हो हाम्रो मातृभूमि ,यही हो हाम्रो जगत् 

 हाम्रै पुस्ताका युवा हो हामी, यही बगाउने रगत 

 हाम्री सृष्टिमाता हुन् हामी ढोग्ने छौ चरण 

 यही भूमिको माटोमा परे पहिलो किरण 


 

 नेपाल हाम्रो मातृभूमिलाई छाडेर जादेनौँ 

 नेपाली माया नबिर्सी हामी छाडेर जादेनौँ

हामीले देश छाडेर गए विकास कसले गर्ला 

 विदेशमा बसी मातृभूमिको उन्नति कसले गर्ला 


 

नेपाली मायाबाट हुर्केका हामी यसलाई नाबिर्साैँ 

नेपाली माटोबाट उम्रेका हामी यसलाई नाबिर्साैँ

देशप्रति माया छ धेरै  सन्तान हैँ यसैको

मातृभूमिप्रति सम्मान छ धेरै  उपासक हाैँ यसैको 

    


 

शब्दले  मात्र  बुझाउन सक्दैनौँ नेपालको सुन्दरता

आँखाप्रति वरदान  हुन्छ, नेपाल को सुन्दरता

विशाल हिमाल , रङ्गीन फूलले झल्काउँछ सुन्दरता

 शितल तल , हरिया पहाडले झल्काउँछ सुन्दरता