Logo

Student Corner

काठमाडाैँका मेयर बालेन

Written by: Sambid Dhakal - 30028, Grade VI

Posted on: 19 January, 2024

साहसी व्यक्ति हौ तिमी

वर्तमानको मेयर अनि 

भविष्यको प्रधानमन्त्री हौ तिमी 

विगतका  -यापर अनि इन्जिनियर हाै तिमी

चन्द्रमा झैँ चम्किलो  स्वतन्त्र उमेदवार  हौ तिमी

तिम्रो चिह्न हाे लट्ठी 

जसले  बुढाबुढीलाई सहारा अनि

अपराधीलाई चुटाइ दिन्छ 

 सबैको  मन मुटुमा बस्न सफल मेयर हौ तिमी

 अँटेरीहरूको सेखी  झार्ने 

अनधिकृत संरचना भत्काउने 

टुकुचा  अनि खहरे खोलाको उत्खनन् गर्ने 

तिमी नै हाै असल मेयर 

काठमाडौँलाई विश्वभर चिनाउने

सबैलाई खुसी दिलाउने

 कसैको धम्कीले नडराउने

 तिम्राे डोजर चलिरहने 

सत्यको जितको लागि पछाडि नहट्ने 

अनि असत्यको जित हुँदा विद्रोह गर्ने

 देशका लागि सधैँ लड्ने 

अब तिम्राे पालाे संसारलाई हल्लाउने

अनि अन्यायमा परेकालाई न्याय दिने

टुकुचामा बिल्डिङ ठडियो भने

तिमी ढालिदिन्छौ

पेटीमा व्यापार भयो भने

सबै फालिदिन्छाै

अँटेरीहरू सबैलाई तह लगाउँछौ

काठमाडौँलाई सुन्दर सहर बनाउँछौ ?