Logo

Student Corner

दसैँ

Written by: Bishrant Sitaula - 32006, Grade IV

Posted on: 19 January, 2024

दसैँ हिन्दूहरूको सबैभन्दा ठुलो चाड हो । यो चाडमा दुर्गा भवानीको पूजा गरिन्छ । यो चाड लाई नवरात्रि र बडादसैँ पनि भनिन्छ । नेपालमा यो चाड निकै हर्षका साथ मनाइन्छ । दसैँको पहिलो दिन घटस्थापना हो । पहिलो दिन आआफ्नो घरकाे पूजाकोठामा जमरा राखेर दसैँको सुरुवात गरिन्छ । हरेक दिन बिहान दुर्गाभवानी र जमराको पूजा गरिन्छ । दसैँको पहिलो दिनदेखि नवौँ दिनसम्मलाई नौरथा पनि भनिन्छ । उक्त नौ दिन विभिन्न देवीको मन्दिरहरूमा भक्तजनहरूको भिड लाग्ने गर्दछ । दसैँको सातौँ दिनलाई सप्तमी भनिन्छ । यस दिन घरघरमा फूलपाती भित्र्याएर मनाइन्छ । दसैँको अन्तिम दिन विजयादशमी हो । यस दिनमा आफूभन्दा ठुलाको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गरिन्छ । दसैँमा सबै परिवार जम्मा भएर मिठा मिठा परिकार खाने, पिङ खेल्ने र चङ्गा उडाएर रमाइलाे गरिन्छ । दसैँ पर्व महिषासुर नामको दानवले भगवानलाई दुःख दिएकोले देवीको नौवटा रुपले त्यो दानवसँग नौ दिन लडेर बडादसैँको दिन विजय पाएकोले यो चाड मनाइएकाे मानिन्छ । दसैँ साँच्चिकै आनन्दको चाड हो । यो चाडमा नेपालभरका अड्डा अदालत बन्द रहन्छन् । नयाँनयाँ लुगा र  गहना सबैले लगाएका देखिन्छन् । विदेशमा बसेका मानिसहरू पनि यो चाडमा आफ्नो घर आउँछन् । दशमीको दिनदेखि टीका उत्सव मनाइन्छ । यो टीका पूर्णिमासम्म रहन्छ । हिन्दुहरूका लागि दसैँ ठुलो चाड हो ।