Logo

Student Corner

मेरो २०८० सालको दसैँ

Written by: Agrim Rijal - 29005, Grade VII

Posted on: 18 January, 2024

यसपटक दोस्रो सेमेस्टरको परीक्षापछि दसैँ बिदा थियो । असोज २७ गतेदेखि मेरो दसैँ बिदा सुरु भयो । दसैँको पहिलो दिन घटस्थापना थियो । त्यो दिन म उठेर पशुपतिनाथ मन्दिर गएँ । घर आएपछि नुहाएर पूजा गर्न गएँ । त्यसपछि मैले बिहानको खाना खाएँ। त्यसपछि मैले मेरो घर सफा गरेँ। त्यसपछि मैले आफ्नो परिवारसँग तास खेलेँ। मैले चङ्गा पनि उडाएँ । खाजा खानुअघि मैले बालुवामा जमरा रोपेँ। दसैँको दोस्रो दिन म परिवारसँग पशुपतिनाथ र अन्य मन्दिरहरूमा गएँ । मैले त्यो मन्दिरमा धेरै जनावरहरू पनि देखेँ। मलाई मन्दिरहरूमा जाँदा धेरै रमाइलो भयो। मैले धेरै समय तास खेलेर र चङ्गा उडाएर बिताएँ। दसैँको पाँचौं दिन म मेरो मामाको घर गएँ। बाटोमा म एउटा रेष्टुरेन्टमा गएँ र धेरै स्वादिष्ट खानेकुरा खाएँ। मैले त्यहाँ चङ्गा उडाएँ । त्यतिबेला मेरो घरमा चङ्गा उडाउने ठाउँ धेरै थियो । मेरा धेरै दाजुभाइ दिदीबहिनीहरू त्यहाँ आएका थिए । मैले उनीहरूसँग धेरै खेल खेलेँ । उनीहरूसँग फिल्म पनि हेरेँ । उनीहरूसँग रमाइलो समय बिताएँ । छैटौँ दिनमा पनि मैले मेरा दाजुभाइ र दिदीबहिनीहरूसँग रमाइलाे गरेँ। दसैँको सातौँ दिन मेरो मामाले त्यहाँ एउटा खसी काट्नुभयो। खसीको शरीरको हरेक अङ्ग थियो। त्यो दिन मेरा अरू आफन्तहरू मामाकहाँ आएका थिए । मेरा अरू दाजुभाइहरू त्यहाँ आएका थिए। धेरै प्रकारका खानेकुरा र मिठाइहरू त्यहाँ थिए। त्यसपछि म आफ्नो घर फर्किएँ । दसैँको आठौँ दिनमा घरभर सफा गरेँ र धेरै मन्दिरहरूमा गएँ । दसैँको नवौँ दिनमा मेरा बुबा काका र काकी मेरो घरमा हुनुहुन्थ्यो । दिनभरि म उहाँहरूसँग तास खेलेँ । दसैँको दसाैँ दिन म उठेर नुहाएर गएँ । त्यसपछि मैले नयाँ लुगा र ढाकटोपी लगाएँ । मेरो घरमा धेरै आफन्तहरू टीका र जमरा लगाउन आएका थिए । मेरा हजुरबुवा जेठो हुनुहुन्थ्यो त्यसैले हरेक दसैँमा सबै आफन्तहरू मेरो घरमा आउनुभएकाे थियाे  । टीका लगाएर १०:३० बजे खाना खाएर बुवाको मामाको घरमा गयौँ । त्यसपछि हामी यहाँ आएपछि मेरा धेरै आफन्तहरू आएका थिए त्यसैले मैले फेरि उहाँहरूबाट टीका लगाएँ । त्यसपछि म टीका र जमरा लगाएर दाजुभाइको घर गएँ । भोलिपल्ट म धेरै ठाउँमा गएँ । मेरो मामाको घरमा टीका लगाउन सुतक परेको भएर टीका लगाउन मिलेको थिएन  तर म त्यहाँ टिकाको चौथो दिन पछि गएर मेरा त्यहाँ भएका सबै आफन्तहरूसँग टीका र जमरा लगाई आशिर्वाद पाएँ ।