Logo

Student Corner

साहित्यमा माेह बढाउँदै सिफल स्कुल

Written by: Suprabh Acharya - 27014, Grade IX

Posted on: 18 January, 2024

पुस्तक अध्ययनका क्रममा मैले खबुज नामकाे पुस्तक पनि अध्ययन गरेकाे छु, जसका लेखक बेन्यामिन हुन् जाे केरलाका साहित्यकार रहेका छन् । यी पुस्तकहरूकाे अध्ययनबाट मैले हाम्राे समाज, समाजमा घट्ने घटना, मानिसका सङ्घर्षका कथा, सामाजिक र सांस्कृतिक विसङ्गति, बाल मनाेविज्ञान, देशभक्त नेपाली, १२ वर्षकाे द्वन्द्वकाल र परिघटना, यार्चागुम्वाका कारण बालबालिकाले भाग्नु परेकाे दुःख र पढाइमा भएकाे अवराेधका बारेमा बुझ्ने माैका पाएँ । यसमध्ये पनि मलाई असाध्यै मन परेका पुस्तकमा आमाले सक्नुहुन्छ र हजुरआमाकाे लाैराे रहेका छन् । यी दुवै पुस्तकका पात्र महिला र बालबालिका हुनु र यसमा उल्लेख गरेकाे घटना क्रमले महिलालाई हेर्ने दृष्टिकाेण, समाजकाे महिला प्रतिकाे साेच, तथा अहिलेकाे आधुनिक युगमा महिला, बालबालिका तथा वृद्धवृद्धाले भाेग्नु परेकाे पीडालाई उल्लेख गरेकाे छ । 

हजुरआमाकाे लाैराे पुस्तकका बारेमा भन्नुपर्दा याे पुस्तक साहित्यकार रामदेव पाण्डेले लेखेकाे उत्कृष्ट बाल उपन्यास हाे । जसमा जेष्ठ नागरिक र बालबालिकाकाे पक्षमा उल्लेख गरिएकाे छ । यस पुस्तकमा लेखकले बालमनाेविज्ञान र आधुनिक बाबुआमाकाे मनाेविज्ञानलाई केलाएका छन् । साहित्यकार पाण्डेले अहिलेका आधुनिक बन्न खाेज्ने बाबुआमाले परिवारका सदस्यहरू जस्तै छाेराछाेरी र वृद्ध बाबुआमालाई आफ्नाे जीवनकाे बाेझ मानेर उनीहरूबाट टाढा रहन छाेराछाेरीलाई हाेस्टेल राख्ने र आमाबुबालाई वृद्धाश्रम पठाउने कुसंस्कार माथि व्यङ्ग्य गरेका छन् । उनले यसमा आधुनिक समाजमा आफू कथित आधुनिक बन्नका लागि आफ्ना बालबालिका र वृद्धवृद्धाहरूलाई गरिने व्यवहार कस्ताे छ भन्ने कुरा सहज र सरल भाषाकाे प्रयाेग गरी व्याख्या गरेकाछन् । ग्रामीण परिवेशमा हुर्किएका व्यक्तिहरूले सहरी वातावरणकाे नक्कल गर्न खाेज्दा परिवार नै लथालिङ्ग भएकाे कुरालाई निर्मला, छाया, हजुरआमा र निर्मलाका साथीहरूले गरेका व्यवहार र भाेगाइकाे चर्चा गरी सरल भाषामा र शैलीमा बुझाउन खाेजिएकाे छ । याे पुस्तक बालबालिकाका साथै परिवारका अन्य सदस्यहरूका लागि पनि उत्तिकै सान्दर्भिक छ। यसमा एउटा परिवारकाे कथालाई व्याख्या गर्दै घर भित्रकाे परिस्थिति सहज र सरल बनाउन मुख्य अभिभावककाे ठुलाे भूमिका हुन्छ । यदि अभिभावक नै अव्यवहारिक भयाे भने राम्राे परिवार पनि बिग्रन्छ भन्ने कुरालाई निर्मला र विमलकाे व्यवहारबाट देखाउन खाेजिएकाे छ भने उमेरले र अनुभवले सानाे व्यक्ति भए पनि विवेक र बुद्धिकाे प्रयाेग गर्न सके कुबाटाेमा जान लागेकाे परिवारलाई सही स्थानमा ल्याउन सकिन्छ भन्ने कुरा छायाले हजुरआमालाई वृद्धाश्रमबाट फर्काएकाे घटनाले देखाएकाे छ । यस उपन्यासका पात्र हजुरआमा र नातिनी बिचकाे सम्बन्ध, कुराकानी र उनीहरूकाे व्यवहारलाई विश्लेषण गर्दा अन्तरपुस्ता सम्बन्ध बालबालिकाकाे जीवनमा महत्त्वपूर्ण र अपरिहार्य छ भन्ने कुरा बुझिन्छ । बुढाबुढीका लागि आफ्ना सन्तान बुढेसकालका सहारा हुनुपर्छ भन्ने कुरालाई व्याख्या गरेकाे याे पुस्तक मलाई असाध्यै मन पर्ने पुस्तक बनेकाे छ । यस पुस्तकका माध्यमबाट हामीले पनि हाम्रा अभिभावक र वृद्बवृद्धालाई सम्मान, माया सद्भाव गर्नुपर्ने र उनीहरू सँगसँगै समय बिताएर उनीहरूकाे भावनालाई बुझ्नु पर्ने शिक्षा पाएकाेछु । यस उपन्यासका पात्रहरू निर्मला र विमलले आफ्नाे परिवारका सदस्यलाई गरेकाे व्यवहारलाई सङ्गत अनुसारकाे फल भन्ने उखानसँग दाज्न सकिन्छ किनकि जब निर्मलाका साथीले उनलाई आफ्नी एक मात्र छाेरी हाेस्टल राख्न र बुढी आमाललाई वृद्धाश्रम पठाउन सल्लाह दिएका हुन्छन् भने त्याे सानी छाेरीकाे बाबु र  वृद्ध आमाकाे छाेराे विमललाई उसकी श्रीमतीले कुरै नबुझी उक्साउने काम गरेकी हुन्छिन् ।

यसरी विद्यालयले मासिक रूपमा प्रदान गर्ने साहित्यिक पुस्तककाे अध्ययनकाे अभ्यासले ममा साहित्य प्रतिकाे रुचि बढ्दै गएकाे छ । म नियमित रूपमा आफूले पढेका पुस्तकका बारेमा विश्लेषण गरी पुस्तककाे समीक्षासमेत गर्न सक्ने भएकाे छु । मेरा रचनाहरू नेपालकाे अनलाईन मिडिया जस्तै सेताेपाटी,साहित्यपाेष्ट, हाम्राे पात्राे र सिफल विद्यालयकाे आफ्नै वेवसाइटमा प्रकाशनसमेत हुने गरेका छन् । त्यसैले विद्यालयहरूले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नगरेर अतिरिक्त पाठ्यसामग्रीहरू उपलब्ध गराएर उनीहरूकाे बाैद्धिक ज्ञान विकासमा ध्यान दिन आवश्यक छ ।