Logo

Student Corner

खेलकुदकाे महत्त्व

Written by: Revati Maharjan - 31051, Grade V

Posted on: 18 January, 2024

खेल्ने र कुद्ने कामलाई खेलकुद भनिन्छ । हाम्रो जीवनमा खेलकुदको अति आवश्यकता छ। खेलकुदले शरीर स्वस्थ बनाउनुका साथै खेल व्यवसायमा लाग्न प्रेरित गर्छ । शरीर तन्दुरुस्त राख्न खेलकुदको ठुलो भूमिका खेल्छ । खेलकुदले  काम गर्ने शरीरका हरेक अङ्‌ग सबल हुन्छन् । खेल्ल खेल्दा शरीर  स्वस्थ र निरोगी हुन्छ । खेलले हामीलाइ अनुशासनमा बस्न सिकाउँछ । खेल खेल्दा हामी तनावबाट मुक्त हुन्छाैँ । हाम्राे मनमा फुर्तिलाेपन आउँछ । काम गर्न जाँगर लाग्छ । कुनै खेल घरबाहिर खेलिन्छ भने कुनै  घरभित्र खेलिन्छ जस्तै: फुटबल, लुकमारी ब्याटमिन्टन, बास्केटबल, कपर्दी आदि घरबाहिर खेलिन्छ । चेस, लुडाे, क्यारेमबाेर्ड, आदि खेल  घरभित्र खेलिन्छ । खेल खेल्नु स्वास्थकाे लागि राम्रो हो । त्यसैले  हामीले नियमित रूपमा खेल खेल्नुपर्छ ।