Logo

Student Corner

समय

Written by: Prinsha Khatiwada - 33022, Grade III

Posted on: 18 January, 2024

समय संसारको सबैभन्दा मूल्यवान वस्तु हो । काल र क्षण पनि समय हो । समयले हाम्रो जीवनमा महत्त्वपूर्ण भूमिका खेल्दछ । समयलाई देख्न र छुन सकिँदैन अनुभव मात्र गर्न सकिन्छ । मानिसले समयलाई आफ्नो सुविधाका लागि सेकेन्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना र वर्ष भनेर वर्गीकरण गरेका छन् । समय आफ्नै गतिमा चलिरहन्छ । समयले कसैलाई पर्खंदैन । समय निरन्तर रूपमा चलिरहन्छ । यो कहिल्यै रोकिँदैन जो मानिसले समयको पालना गर्दैन त्यसले आफ्नो गन्तव्य भेट्न सक्दैन । समयको महत्त्वलाई बुझेर अगाडि बढ्ने मानिस जुनसुकै क्षेत्रमा पनि सफल हुन्छ । समय न ढिलाे चल्छ न छिटो यो आफ्नो गतिमा चलिरहन्छ । बितेको समय फिर्ता हुँदैन त्यसैले समयलाई बर्बाद गर्नुहुँदैन ।