Written by: Bidhan Sen Oli - 24015, Grade XII
Posted on: 17 January, 2024
म एक विद्यार्थी
प्रगतिको मेरो आधार
र त मैले पढ्नु छ
नयाँ कुरा सिक्न
अनि
ज्ञानको सदुपयोग गर्न
म एक नागरिक
देशको गौरव उकास्न
पसिनारूपि श्रम खर्चिनु छ मैले
यही माटाेमा
म एउटा छोराे
आमाबाबुलाई गाैरवान्वित पार्नु छ
श्रमकाे बिउ राेपेर
म एक सामाजिक प्राणी
समाज हित नै मेराे लक्ष्य
म एक युवा
देश विकासकाे एक सदस्य
एक खम्बा
एक ईंटा