Logo

Student Corner

इन्द्रेणी

Written by: Aaradhya Prasai - 28001, Grade VIII

Posted on: 17 January, 2024

इन्द्रेणीमा हुने राम्रा रङ्हरू 

कस्ता उज्ज्वल र स्पष्ट छन् 

पानी परेर गएपछि, हावालाई पनि 

स्पष्ट गराउने, प्यारो इन्द्रेणी ।
 

फूलहरू फुल्छन् र सुर्य चम्किन्छ 

सबै जना बाहिर आउछ्न् 

इन्द्रेणी मुनि एकएर्का सँग 

रमाउँदै नाच्न र खेल्न ।
 

कति राम्रो छ यो इन्द्रेणी 

हेरेर बसूँजस्तो लाग्छ 

सूर्यको परावर्तन भए पनि 

कति आनन्दित र चम्किलो 
 

त्यही इन्द्रेणी सङ्ग सबै रमाउँछन् 

बच्चाहरू खेल्न आउछन् भने

कोयलीले गित गाउन थाल्छे 

सबै मान्छेहरू रमाएर बस्छन ।