Written by: Bipana Shrestha - 2023003, Grade IX
Posted on: 13 September, 2020
साउन महिना हरियो महिना सबैतिर हरियाली ,
सिमसिमे झरी मन्द न्यानो छ सबैतिर खुसियाली ।
जता हेर्छु त्यतै देख्छु, हराभरा वनपाखा ,
हर्षले आफ्नै मन बन्ने गर्छ, ढकमक्क फुलबारी ।
किसानहरु पनि छन् ,दङ्ग देखी आफ्नै खेतबारी,
परिश्रम र पसिना भित्र्याउन पाउने भयौँ यसपालि ।
हरिया चुरा, हरियो टिका हरिया नै छन् साडी ,
खुसी लाग्छ जब देख्छु, म ती सबै नेपाली नारी ।
नारीहरूको मुहारमा छुट्टै खुसी र हाँसो ,
चेलीबेटीहरू माझ बरिलै साउन छायो ।